साञ्जेन र रसुवागढीमा ६०/६० लाखको सवाल, साउन पहिलो सातादेखि शेयर कारोबार

  २०७६ जेठ ३० गते १५:१७     विकासन्युज

काठमाडौं । साञ्जेन र रसुवागढीको शेयर सूचीकरण साउनपछि मात्रै हुने निश्चितजस्तै भएको छ ।

धितोपत्र बोर्ड र नेप्सेको सूचीकरण शुल्कका कारण उक्त शेयरको सूचीकरणमा ढिलाई हुन लागेको हो । एक महिनाअघि शेयर सूचीकरण हुँदा प्रत्येक संस्थालाई ६०/६० लाख रुपैंया व्ययभार हुने भएपछि सो भार कम गर्न उक्त शेयर सूचीकरणलाई एक महिना ढिला पुर्याएको बताइएको छ ।

‘हाल सर्वसाधारण, संस्थाका कर्मचारी र संस्थापक कम्पनीका कर्मचारी समेत ६/६ लाख शेयरधनीहरु छन् । नेपाल स्टक एक्चेञ्ज, सिडिएस एण्ड क्लियरिङ लिमिटेड लगायतका कम्पनीहरुमा नबिकरण शुल्क बापत प्रति शेयरधनी वार्षिक करिब १० रुपैंया नवीकरण शुल्क लाग्दो रहेछ । त्यसो गर्दा प्रत्येक वर्ष करिब ६० लाख शुल्क तिर्नु पर्ने भयो । अहिले सूचीकरण गर्दा फेरि साउनमा नविकरण शुल्क बुझाउनुपर्छ । यसो हुँदा एक महिनाकै लागि सो मात्रामा शुल्क तिर्नुपर्ने देखियो, नयाँ आर्थिक वर्ष सुरु भएपछि सूचीकरण भए एक वर्षको खर्च बच्ने भयो, त्यसैले ढिला भएको हो ।’ स्रोतले विकासन्यूजसँग भन्यो ।

साञ्जेन हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठ पनि शेयर कारोबार सुरु हुन साउनको पाहिलो सातासम्म लाग्नसक्ने बताए । तर उनले निर्धारित समयभन्दा अघि शेयर बिक्री भएको र सबै प्रकारका शेयरधनीको एकैपटक शेयर सूचीकरण गर्न लागिएकोले सूचीकरण हुन समय लागेको बताए ।

उनले शेयर सूचीकरणको बारेमा सीडीएस एण्ड क्लियरिङ लिमिटेडसँग एक चरणको छलफल गरेको दाबी समेत गरे ।

…………………..

यो पनि हेर्नुहोस् :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.