नाराको बार्षिकोत्सव र्याफटिङ गरेरै मनाइयो

  २०७६ जेठ २६ गते १९:१९     विकासन्युज


काठमाडौ । नेपाल एशोसियसन अफ र्याफटिङ एजेन्सी(नारा) ले आफ्नो ३१ औ वार्षिक उत्सवको अवसरमा शनिबार त्रिशुली नदीमा र्याफटिङ विषेश कार्यक्रम आयोजना गरेर मनाएको छ । ‘पर्यटन र वातावरणका निम्ति हाम्रा नदीको संरक्षण गरौँ’ भन्ने नाराका साथ उक्त कार्यक्रमसम्पन्न भएको हो । कार्यक्रममा विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकार तथा पर्यटन प्रवर्धनमा रुची राख्ने पर्यटनप्रेमीहरुको सहभागिता रहेको थियो ।

त्रिशुली पर्यटकको गन्तन्य बन्दै

पर्यटकले त्रिशुलीलाई नै छनोट गर्नुमा काठमाडौबाट छोटो दुरीमा पुग्न सकिने भएकाले हो । राजधानी छाडेर पृथ्वी राजमार्गको केही समयको यात्रा पछि नै र्याफटिङ स्थल पुग्न सकिन्छ । साथै, नेपालको भोटेकोशी, पोखरा लगायतका स्थानमा समेत र्याफटिङको मज्जा लिन सकिन्छ ।

राजधानी लगाएका स्थानमा अन्य दिन आफ्नो काम तथा दैनिकीमा व्यस्त हुने भएकाले शनिबार र्याफटिङमा आन्तरिक पर्यटकको संख्या बढी हुन्छ । पछिल्लो समय त्रिशुली नदीको चिसो पानीमा यार्फटीङ् गर्न नेपाली–विदेशी दुवैको घुँईचो लाग्ने गरेको जानकारहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.