संकटमा मैदा उद्योगी, ‘मूल्य अभिबृद्धी कर नहटाए भाउ बनाउने चेतावनी’

  २०७६ जेठ २४ गते १८:१८     विकासन्युज

काठमाडौँ । नेपाल मैदा उद्योग संघले दैनिक जीवनमा नभै नहुने अत्यावश्यक खाद्य बस्तु गहुँको पिठो(आँटा) मा चालु आबदेखी मूल्य अभिबृद्धी कर लगाएकोले अरबौंको लगानी जोखिममा परेको जनाएको छ ।

भारतबाट बैध वा अबैध तवरबाट आउने मैदा/आँटासंग अब प्रतिस्पर्धा गर्न सक्ने अवस्था नै छैन । स्वदेश मै आत्मनिर्भर भईसकेको आँटा जस्तो खाद्य बस्तुमा यसरी करको भार थपि दिंदा बैध वा अबैध आयातले प्रोत्साहन पाउने निश्चित संघका अध्यक्ष माधवलाल श्रेष्ठले बताए ।

सरकारले देश अब खाद्यान्नमा आत्मनिर्भर हुने घोषणा गरेपनि ब्यवहारमा नदेखिएको कारण ३८ वटा स्वदेशी मैदा उद्योगले अब थप चुनौतिको सामना गर्नु पर्ने हुँदा मैदा उद्यमीहरु निरुत्साहित बनेका संघद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

‘सरकारी नीतिका कारण अबको केही बर्षमा खाद्य उद्योगहरु धमाधम बन्द गर्नुको बिकल्प छैन’-संघका अध्यक्ष श्रेष्ठले भने । मूल्य अभिबृद्धी कर नहटाए अब आँटाको मूल्य केजी रु.५ देखी ६ सम्म बढ्ने संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.