मेलम्चीको पाइपलाइन बिछ्याउने जग्गाको मुआब्जा ‘१५ दिनभित्र लिनू’

  २०७६ जेठ २४ गते ९:५५     विकासन्युज

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको खानेपानी ट्याङ्की निर्माण तथा पाइपलाइन बिछ्याउने कार्यको लागि भक्तपुरको सूर्यबिनायक ६(साविक कटुञ्चे गाविस) र मध्यपुर थिमी ९(साबिक निलबराही गाउँ पालिकाका) मा पर्ने १३ कित्ता जग्गाका धनी र मोहीहरुले मुआब्जा पाउने भएका छन् ।

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको नाममा जग्गा प्राप्त गर्नका लागि लागि मुआब्जा निर्धारण समितिको बैशाख ३१ गतेको निर्णय अनुसार मुआब्जा वितरण गर्न लागिएकाले १५ दिन भित्र सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ ।

साबिको कटुञ्चेका विश्वराम सुवाल, उत्तम/पुष्पलाल/उद्धव/गौतम सुजखु, विष्णुकेहरी/रविभुषण/तारा/श्रीभुषण सुजखु, बासुनारायण सुवाललाई मुआब्जा लिन आउन सूचित गरिएको छ ।

त्यसैगरी साबिकको निलबहारीका बाबुकाजी, रामबहादुर, कान्छीमाया राजबाहक, ललिता राजबाहक, कान्छी राजबाहक, बेदभक्त/पञ्चकृष्ण श्रेष्ठ, श्यामकुमार राजबाहक र मिश्रीमाया राजबाहकलाई जग्गाधनी/मोहीहरुले आ–आफ्नो हकदैया वा भोगचलन सम्बन्धी निस्सा प्रमाणपत्र सहित मुआब्जा बुझिलिन काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, भैसेपाटीमा सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरी जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.