कलंकी-महाराजगञ्ज सडक क्षेत्रमा पर्ने संरचना नहटाए भत्काइने

  २०७६ जेठ २४ गते ९:१६     विकासन्युज

काठमाडौँ । कलंकीदेखि महाराजगञ्जसम्मको चक्रपथ सडक क्षेत्रभित्र रहेका स्थायी वा अस्थायी संरचनाहरु १५ दिन भित्र नहाटाए भत्काइने भएको छ ।

सडकको केन्द्रबिन्दुबाट दायाँबाँया दुबैतर्फ ३१–३१ मिटर सम्मको सडक सीमा कायम गरिएको छ । सो क्षेत्रभित्र पर्ने घर, टहरा, घुम्ती, बिग्रिएका सवारी, हार्डवेयर पसलका सामान र अन्य प्रकृतिका पसल राख्न काठमाडौँ चक्रपथ सुधार आयोजनाले निषेध गरेको छ ।

त्यस्ता संरचना १५ दिनभित्र हटाएर सडक खाली नगरे सार्वजनिक सडक ऐन २०३१ को दफा १८ बमोजिम काठमाडौँ उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालयले भत्काउने जनाएको छ । त्यसरी भत्काउँदा लाग्ने खर्च समेत सम्बन्धित संरचना धनीहरुसँग असुलउपर गरिने चक्रपथ सुधार आयोजनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.