दोस्रो धापासी कराँते चायम्पियनसिप सम्पन्न, धापासी डोजो र मनास्लु विद्यालय विजेता

  २०७६ जेठ २० गते ७:००     विकासन्युज

काठमाडौं। दोस्रो धापासी कराँते चायम्पियनसिप सम्पन्न भएको छ। शनिबार सम्पन्न भएको प्रतियोगितामा २८७ विद्यार्थीको सहभागिता थियो। प्रतियोगितामा कराँतेतर्फ धापासी डोजो पहिलो, गोंगबु डोजो दोस्रो, लुबु डोजोले तेस्रो स्थान हाँसिल गरेको छ । प्रतियोगितामा १० वटा कराँते क्लबको सहभागीता रहेको थियो।

यस्तै सोही प्रतियोगितामा विद्यालयको तर्फबाट पहिलो स्थानमा मनास्लु विद्यालय, दोस्रोमा सिईए हाई स्कुल र तेस्रोमा महालक्ष्मी स्कुलले उपाधी हांसिल गरेको छ। यस्तै ईमर्जिग टिमको उपाधी एनआईसी एकेडेमी, सानोभर्याङले हात पारेको छ। प्रतियोगितामा १२ वटा विद्यालयको सहभागिता रहेको थियो ।

प्रतियोगितामा छात्रा तर्फ धापासी डोजोकी ग्याल्मु सोमिका लामाले प्रथम स्थान र उत्कृष्ट हुँदै एनआईसी एकेडेमीकी समिक्षा भट्टराई र धापासी डोजोकी पाल्साङ गुरुङले पदक हात पारेकी छिन् । त्यस्तै छात्र तर्फबाट गोंगबु डोजोका सनिस चौधरीले प्रथम स्थान र उत्कृष्ट हुँदै धापासी डोजो करण थापा र विजेन्द्र जिसीले पदक हात पारेका छन् ।

कार्यक्रममा प्रमुख अतिथीको रुपमा शिभपुरी यातयातका अध्यक्ष प्रलाद थापा र बिशिस्ट अतिथीको रुपमा नेपाल शितो कराँते डोको प्रमुख प्रशिक्षक महेशकुमार श्रेष्ठको उपस्थिती रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.