असार १ गतेदेखि थप चार ब्रुमरले सडक सफा गर्ने, २ वटा चीन सरकारले दिने

  २०७६ जेठ १२ गते १८:३९     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा सडक सफा गर्ने चार ब्रुमर थपिने भएको छ । असार १ गतेदेखि सो संख्याको बु्रमर थपिने लागेको काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकृष्ण श्रेष्ठले बताए ।

दुई ब्रुमर चिनियाँ सरकारले सहयोग गर्न लागेको हो भने थप २ वटा महानगरपालिकाले खरिद गर्न लागेको हो । यस अघि नगर कार्यपालिकाको ३२ औं बैठकले पारित गरेपछि पाँच ब्रुमर इटालियन कम्पनीबाट खरिद गरेको थिए ।

राती मात्र काम हुने ब्रुमरमा प्राविधिक समस्या भएमा ३ वर्षसम्मको वारेन्टी र बेलाबेलामा सबै ब्रुमर के कस्तो चलिरहेको छ त्यसलाई हेर्ने एवम् सामान फेर्ने काम गरिरहेका वातावरण व्यवस्थापन विभागका प्रमुख श्रेष्ठले बताएका छन् ।

ब्रुमरबाट नगरक्षेत्रको धुलो नियन्त्रणमा उल्लेख्य प्रगति देखिएकाले थप दुईवटा ब्रुमर खरिद गर्न लागिएको मनपाको भनाई छ । राजधानीको धुलो नियन्त्रणका लागि मनपाले ब्रुमर प्रयोगमा ल्याएपनि समस्या समाधान भने हुन नसकेको स्थानीयवासीको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.