तातोपानी नाका आउँदो साता सञ्चालनमा, ‘रेल सम्पर्क विस्तार आजको भोलि हुँदैन’

  २०७६ जेठ १० गते ९:०६     विकासन्युज


काठमाडौँ । भूकम्पपछि बन्द रहेको नेपाल–चीन जोड्ने तातोपानी नाका आउँदो साताभित्रै पुनः सञ्चालनमा आउने भएको छ । नेपालका लागि चिनियाँ राजदूत हाउ याङ्छीले जिम्मेवारी सम्हालेपछि पहिलोपटक बिहीबार दूतावासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो जानकारी दिएकी हुन् ।

यो नाका अहिले कार्गो ओसारपसारका लागि मात्र खुला गरिने बताउँदै तत्कालका लागि यसबाट मानव अवतजावत खुला नगरिने स्पष्ट गरिन् ।  उनले भनिन्–, “सन् २०१५ को विनाशकारी भूकम्पबाट त्यहाँका भौतिक संरचनामा नराम्रो क्षति भएको थियो ती संरचना अझै पूर्ण रुपमा पुनःनिर्माण गर्न सकिएको छैन । त्यसैले त्यहाँ मानव आवतजावतका लागि अझै खतरा छ । ”

पत्रकारहरूले नेपाल चीनबीच रेल सम्पर्कका विस्तार गर्ने विषयमा राखेको प्रश्नको जवाफमा उनले यो विषय आज राजनीतिक निर्णय गरेर भोलि नै कार्यान्वयनमा जाने खालको नभएको र दीर्घकालीन क्षेत्र भएको बताइन् । तर यस विषयमा दुवै देशका सम्बन्धित निकायहरूले काम गरिरहेको र सो जारी रहने बाताइन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.