सुनचाँदी व्यवसायीको आँखा कर्णाली प्रदेशमा, मुख्यमन्त्रीले भने-‘खानीको उत्खनन् गरेर विश्व बजारमा लानु पर्छ’

  २०७६ जेठ ६ गते १६:२०     विकासन्युज

काठमाडौं । सुनचाँदी व्यवसायीको आँखा कर्णाली प्रदेशतिर गएको छ । उक्त प्रदेशमा सुनसहितका खानी भएकाले व्यवसायीको आँखा त्यतातिर गएको हो । व्यवसायीहरुको आँखा कर्णालीतिर गएको कुरा सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमले समेत पुष्टी गरेको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी महासंघको छैठौं बार्षिक साधारण सभाको सोमबार राजधानीमा उद्घाटन भयो । सो कार्यक्रममा प्रमुख अतिथि थिए कर्णाली प्रदेशको मुख्य महेन्द्रबहादुर शाही । संघीय राजधानी र प्रदेश नम्बर ३ मा भएको कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई प्रमुख अतिथि बनाउनुले समेत सुनचाँदी व्यवसायीको आँखा कर्णाली प्रदेशतर्फ गएको कुरालाई पुष्टी गर्दछ ।

साधारण सभा बोल्दै अध्यक्ष रमेश महर्जनले कर्णाली प्रदेश सुनको खानी नै खानी भएको प्रदेश भएको बताए । सुनखानीका विषयमा धेरै पटक छलफल भैसकेकोले नै कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई प्रमुख अतिथि बनाएको बताए । उनले विश्व बजारमा नेपाली गरगहनाको माग धेरै भएको र यसले नेपालको व्यापार घाटालाई कम गारउने उल्लेख गरे । सुनचाँदी व्यवसायको क्षेत्रमा खासगरी जनशक्ति कालिगढको मुख्य समस्या रहेको बताए ।

उक्त कार्यक्रममा मुख्यमन्त्री शाहीले नेपालको विकासका लागि विभिन्न क्षेत्रमा भएका खानीहरुको उत्खनन् गरेर त्यसलाई विश्व बजारमा लागु पर्नेमा जोड दिए । उनले भने-‘कर्णाली प्रदेश सुनचाँदी लगायतका खानी नै खानी भएको प्रदेश भएकाले खानी उत्खनन् गर्नका लागि प्रदेश सरकारले पूर्णरुपमा सहयोग गर्नेछ ।’

सुनखानी सरकारले मात्रै उत्खनन् गर्न नसक्ने बताउँदै प्रदेश सरकार र निजी क्षेत्र मिलेर मात्रै खानीहरु सञ्चालनमा ल्याउन सकिने बताए । मुख्यमन्त्री शाहीले सुनको कोटाको बढाउनु पर्ने व्यवसायीको माग सम्वोधन गर्न र आपूर्तिका समस्या समाधानमा पहल गर्ने बताए ।

मुख्यमन्त्री शाहीले सरकाले लिएको ‘खुशी नेपाली र समृद्ध नेपाल’ को नारालाई पनि छलफल, बहस, अध्ययन र अनुसन्धान गर्नु पर्ने बताए । नेपालमा धनी र गरिवबीचमा ठूलो खाडल रहेको र यो सरकारले त्यो खाडललाई पुर्ने बताए ।

नेपालमा सुनचाँदीलाई विलासिताको बस्तु भनेर व्याख्या गरे पनि यो परम्परासँगपनि जोडिएको बताए । नेपालमा खानी नै खानी भएकाले उत्खनन् गर्न सकिने जति बस्तुहरुको उत्खनन् गरेर देशमा नै प्रयोग गर्नसके पनि व्यापार घाटामा कमि आउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.