मोदी फेरी प्रधानमन्त्री बन्ने प्रक्षेपण, गठबन्धन सरकार बनाउने राहुलको प्रयास

  २०७६ जेठ ६ गते १०:००     विकासन्युज

काठमाडौं । भारतमा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी पुनः प्रधानमन्त्री बन्ने सर्वेक्षणहरुले देखाएका छन् । अधिकांश भारतीय सञ्चार माध्यमहरुले भारतीय जनता पार्टी नेतृत्वको गठबन्धनले बहुमत प्राप्त गर्ने प्रक्षेपण गरेका छन् । उनीहरुले भारतीय जनता पार्टीको एकल बहुमत नआएपछि मोदी पुनःप्रधानमन्त्री बन्ने निष्कर्ष निकालेका हुन् ।

भाजपा नेतृत्वको गठबन्धनले ३०० भन्दा बढी सिटमा जित हासिल गर्ने उनीहरुको सर्वेक्षणमा उल्लेख छ । भारतीय जनता पार्टीले समेत आफ्नो एकल बहुमत नआउने निष्कर्षसहित अन्य दलहरुसँग मिलेर सरकार बनाउने भन्दै छलफल थालेको छ । विपक्षी गठबन्धनमा नरहेका दलहरुसँग मिलेर सरकार बनाउने कसरतमा भाजपा अध्यक्ष अमित शाहले पनि भेटघाट अघि बढाएका छन् ।

भारतमा ५४२ सिटको लोकसभामा सरकार गठनका लागि २७३  सिट आवश्यक पर्छ । यद्यपी भारतीय काँग्रेसको प्रदर्शन पनि यसपाली सुधार हुने अपेक्षा गरिएको छ । काँग्रेस एक्लैले एक सय भन्दा बढी सिटमा जित हासिल गर्ने अनुमान गरिएको छ । काँग्रेस अध्यक्ष राहुल गान्धीले गठबन्धन सरकारका लागि पहल थालिसकेका छन् । उनले प्रगतिशिल गठबन्धन निकटस्थहरुसँग नयाँ सरकार गठनबारे छलफल थालेका हुन् ।

लोक सभा निर्वाचनको मतगणना मे २३ तारिखमा हुनेछ । भारतीय काँग्रेससहित विपक्षी गठबन्धनले भने एक्जिट पोलको अनुमानहरु गलत भएको दावी गरेका छन् । उनीहरुले विपक्षी गठबन्धनले सरकार बनाउने दावी समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.