सिटिजन्स बैंकबाट भाटभटेनी मनी ट्रान्सफरको बिप्रेषण सेवा पाइने

  २०७६ जेठ १ गते १५:५४     विकासन्युज


काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र भाटभटेनी मनी ट्रान्सफरबीच बिप्रेषण कारोबार सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सम्झौतापश्चात भाटभटेनीमनी ट्रान्सफरको बिप्रेषण सेवा सिटिजन्स बैंकका कुनैपनि शाखाबाट प्राप्त गर्न सकिने भएको छ । यो सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.