ललितपुर जिल्ला प्रशासनमा ग्लोबल आइएमईको एक्सटेन्सन काउण्टर

  २०७६ वैशाख २३ गते १८:२०     विकासन्युज

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले सोमबार ललितपुर महानगरपालिका वडा नं. ५, मानभवनस्थित जिल्ला प्रशासन कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर शुरु गरेको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरमा सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सरल तथा सुलभ बैंकिङ्ग सेवा प्रदान गर्न एक्सटेन्सन काउण्टर शुरु गरेको हो । जिल्ला प्रशासन कार्यालय, ललितपुरमा खोलिएको एक्सटेन्सन काउन्टरसंगै बैंकको एक्सटेन्सन काउन्टरको संख्या ११ पुगेको छ ।

यसैगरी, बैंकले बैशाख २२ गते डोटी जिल्लाको जोरायल गाउँपालिका-१, गैरामा १३२ औँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको जनाएको छ । यसका साथै ललितपुर जिल्लाको भैंसेपाटी स्थित नेपाल मेडीसिटी अस्पतालमा र काठमाण्डौं जिल्ला लाजिम्पाटस्थित त्रिशारा मलमा एटिएम सेवा समेत सुरु गरेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.