नेपाल बैंकको साधारण सभा सम्पन्न, ‘प्रकृया पुगेपछि शेयरधनीलाई प्रतिफल’

  २०७६ वैशाख २३ गते १६:४९     विकासन्युज


काठमाडौँ । नेपाल बैङ्क लिमिटेडको ५९ औं साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाले नेपाल बैक लिमिटेड संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले प्रस्तुत गरेको गत वर्षको कारोवार समीक्षा, राष्ट्रिय तथा अन्तराष्ट्रिय आर्थिक परिवेश, बैंकले हासिल गरेका उपलव्धि र भावी योजना सम्बन्धी प्रस्ताव पारित गरेको छ । ,

लेखापरीक्षकको प्रतिवेदन सहितको ०७५ असार मसान्तको वासलात, आव ०७४/०७५को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण आव ०७५/०७६का लागि लेखा परीक्षकको नियुक्ति सहितको प्रतिवेदनलाई सर्वसम्मत्तिले पारित गरेको बैंकद्वारा सोमबार प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

उक्त साधारण सभामा प्रा.डा.मनोहरकृष्ण श्रेष्ठ, हरि ढकाल, रोजकुमार श्रेष्ठ, जयन्द्रमानसिंह वानिया, शिवप्रसाद पौडेल, गुणराज भट्ट, भक्तिप्रसाद उप्रेती ,चन्द्रनारायण श्रेष्ठ, डम्वरवल्लभ जोशी, अमृतनाथ रेग्मी, उद्धवप्रसाद घिमिरे लगायतका शेयरधनीहरुले डिभिडेण्ड लगायत विभिन्न विषयमा जिज्ञाशा तथा सुझाव दिएका थिए ।

बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत कृष्णवहादुर अधिकारीले शेयरधनीको पूँजी १० अर्बबाट ३० अर्बमा अभिवृद्धि भएको र कानुनी प्रकृया पुगेपछि शेयरधनीलाई प्रतिफल हस्तान्तरण हुने वताउँदै सभामा आएका सुझाव तथा मार्गनिर्देशनलाई बैंकले गंभीरतापूर्वक आत्मसात गर्ने वताए । सशस्त्र प्रहरी वलको हलचोक स्थित सभाकक्षमा बैंकका शेयरधनीहरु र नियामक निकायका प्रतिनिधिहरुको सहभागितामा नेपाल बैक लिमिटेडका कम्पनी सचिव केशवप्रसाद भण्डारीको सहजिकरणमा साधारण सभा सम्पन्न भएको हो ।

उक्त साधारण सभामा बैंक संचालक समितिका सदस्यहरु हरिशरण पुडासैनी, दीपेन्द्रविक्रम थापा, डा.उमाकान्त सिलवाल, भरतराज वस्ती, गंगाप्रसाद ज्ञवाली, नायव प्रमुख कार्यकारी अधिकृत दुर्गाराज रेग्मी, सहायक प्रमुख कार्यकारी अधिकृतहरु, विभागीय प्रमुखहरु, प्रादेशिक कार्यालय प्रमुखहरु लगायतका वरिष्ठ अधिकारीहरुको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.