नेपाल वायुसेवा निगमलाई ऋण तिर्न समस्या, चैतसम्मको किस्ता एक अर्ब ९१ करोड

  २०७६ वैशाख २० गते ९:२१     विकासन्युज


काठमाडौं । नेपाल वायुसेवा निगमले नाफामूलक गन्तव्यमा उडान गर्न नसक्दा र पूर्ण क्षमतामा जहाज उडाएर लाभ लिन नसक्दा जहाज किन्दाको ऋण तिर्न समस्या परेको छ । निगमको वाइडबडी उडानले अपेच्छाकृत रूपमा उडान विस्तार गर्न नक्दा यसले लाभ लिन नसक्दा यसका न्यारोबडी र वाइडबडी नामक दुबै प्रकारका जहाजको किस्ता रोकिएको छ ।

निगमका कार्यकारी अध्यक्ष मदन खरेलका अनुसार सरकारसँग मागिएको २० अर्ब रुपैयाँ निकासा नभएसम्म निगमको समस्या समाधान हुँदैन् । ‘यो पैसा निकासा भएको अवस्थामा हामीले त्यसलाई ऋण तिर्नमा प्रयोग गर्छौ। जसका कारण हरेक तीन महिनामा तिर्नुपर्ने एक अर्ब १३ करोड रुपैयाँको किस्ता जम्मा १७ करोड रुपैयाँमा झर्छ,’ खरेलले भने ।

सरकारले अहिले निगमलाई अप्ठारो परेको अवस्थामा २० अर्ब रुपैयाँ दियो भने भोली नाफा कमाएपछि फिर्ता लान सक्छ। अहिले निगमलाई किस्ता तिर्न अप्ठारो परेको अवस्थामा सहयोग गरेन भने विस्तारै कर्मचारीलाई तलब दिनै समस्या हुन्छ । यो अवस्था आउन नदिन र निगमलाई ऋण वापतको किस्ताको रकम कम गर्न पनि सरकारी रकम आवश्यक भएकोले खरेल बताउँछन् । उनका अनुसार सरकाले निगमको आर्थिक समस्या समाधान गर्नकै लागि पनि उक्त रकम निकासा गरेर सहयोग गर्नुपर्छ।

निमगले कर्मचारी संचकोषलाई एक अर्ब १८ करोड र नागरिक लगानी कोषलाई ७३ करोड गरेर कुल एक अर्ब ९१ करोड रुपैयाँ किस्ता तिर्न बाँकी रहेको विवरण तयार पारेर पर्यटन मन्त्रालय बुझाएको छ। निगमको आर्थिक अवस्थाको बारेमा सरकारलाई जानकारी गराएको र आर्थिक संकटमा रहेकोले ऋणको किस्ता घटाउने गरी सरकारासँग रकम माग गरेको हो । आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.