युनियन हाइड्रोको शेयर बाँडफाँट, सबैलाई मागेअनुसार शेयर

  २०७६ वैशाख १९ गते २०:०९     विकासन्युज


काठमाडौँ । यूनियन हाइड्रो पावर कम्पनीको शेयर बाँडफाँट भएको छ । आवेदन गर्ने सबैलाई मागअनुसार शेयर बाँडफाँट गरिएको लक्ष्मी क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार सिआश्वा प्रणालीबाट ४७ हजार १८५ जनाले आवेदन दिएका थिए । त्यसमा ४५ हजार ४६२ जनाको आवेदन स्वीकृत भएको छ । कम्पनीले गत चैत १३ गतेदेखि साधारण शेयर बिक्री गरेको थियो ।

कम्पनीले ३४ लाख १० हजार ८१० कित्ता शेयर बाँडफाँट गरिएको हो । आवेदनकर्ता सबैलाई शेयर दिँदै कम्पनीले आज शेयर बाँडफाँट गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.