सिबिआइएल क्यापिटलको कामु सिइओमा नवराज गिरी नियुक्त

  २०७६ वैशाख १९ गते १९:२८     विकासन्युज


काठमाडौँ । सिबिआइएल क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत नवराज गिरी कायममुकायम प्रमुख कार्यकारी अधिकृत(सिइओ) मा नियुक्त भएका छन् ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत समिर दाहाल मुख्य कम्पनी सिटिजन्स बैंक इन्टरनेशनल लिमिटडको सहायक प्रमुख कार्यकारी अधिकृतमा पदस्थापना भएका कारण प्रमुख कार्यकारी अधिकृत पद रिक्त हुँदै थियो ।

समितिको बैशाख १७ गते बसेको बैठकले बैशाख २० गतेदेखि लागु हुने गरी कामु प्रमुख कार्यकारी अधिकृत(सिइओ) मा गिरीलाई नियुक्त गरेको हो ।

सिटिजन्स बैंकको सहायक कम्पनीका रुपमा रहेको सिबिआइएल क्यापिटलमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष तथा प्रतिष्ठित उद्योगी व्यापारीहरुको लगानी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.