सुजुकीले सन् २०२० को अप्रिलबाट डिजेल कार बिक्री बन्द गर्ने

  २०७६ वैशाख १८ गते ८:१९     विकासन्युज

काठमाडौँ । भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकीले सन् २०२० को अप्रिलबाट डिजेल कार बिक्री बन्द गर्ने घोषणा गरेको छ ।

अघिल्लो वर्ष सन् २०१८–१९ मा मारुती सुजुकीले ४ लाख ६३ हजार युनिट डिजेल कार बिक्री गरेको थियो । मारुती सुजुकी इन्डियाका अध्यक्ष आरसी भार्गवले १ अप्रिल २०२० देखि बिएस ६ (युरो ६) प्रदूषणसूचक लागू हुने भएकाले डिजेल कारको बिक्री बन्द गर्न लागेको जानकारी दिएका छन् । मारुती सजुकीले वर्षभर बिक्री गर्ने कार तथ्यांकअनुसार डिजेल सेग्मेन्टको हिस्सा २३ प्रतिशत छ ।

बिएस ६ मापदण्डलाई पालना गर्न प्रदूषण कम गर्ने इन्जिन बनाउँदा कारको लागतमा १० देखि २५ प्रतिशतसम्म वृद्धि भएर पेट्रोल कारको मूल्यमा भारु २५ हजारदेखि ६० हजार रुपैयाँसम्म वृद्धि हुने अनुमान छ । डिजेल कारको मूल्यमा भने भारु २ लाख ५० हजार रुपैयाँसम्म मूल्य वृद्धि हुने अनुमान गरिएको छ । अध्यक्ष भार्गवले प्रदूषणसम्बन्धी नयाँ मापदण्डमा उत्पादन थाल्दा सबैभन्दा बढी असर साना कारमा पर्ने बताएका छन् ।

यद्यपि, डिजेल कारको बिक्री बन्द गरेपछि मारुती सुजुकीको मौजुदा बजार हिस्सा नघट्ने दाबी गरिएको छ । उनका अनुसार अहिले भारतमा मारुती सुजुकीको बजार हिस्सा ५१ प्रतिशतआसपास छ ।अहिले मारुती सुजुकीको भिटारा ब्रेजा र एस क्रस दुई मोडल मात्र डिजेल भर्सनमा उपलब्ध छन् । अन्य कारहरू स्विफ्ट, बलेनो, डिजायर, सियाज, अर्टिगालगायत पेट्रोल र डिजेल दुवै भर्सनमा उपलब्ध छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.