नेपाल लाइफले बोलायो साधारणसभा, बुक क्लोज १९ गते

  २०७६ वैशाख १३ गते ८:४५     विकासन्युज

काठमाडौं । एनएफआरएस प्रणालीअनुसार वित्तीय विवरण बनाउनुपर्ने बाध्यतापछि लामो समय अड्किएको नेपाल लाइफले आफ्नो १९ औं साधारणसभा बोलाएको छ । नेपाल लाइफ सञ्चालक समितिको बिहीबारको बैठकले जेठ ४ गतेका लागि साधारणसभा बोलाएको हो ।

उक्त सभा जेठ ४ गते शनिबारका दिन बीरगञ्जको होटेल दियालोमा बिहान साढे ९ बजे बस्नेगरी बोलाइएको हो । नेपाल लाईफ सञ्चालक समितिले यसअघि नै शेयरधनीहरुलाई ४८.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरिसकेको छ जसमध्ये २५ प्रतिशत बोनस शेयर तथा २३.५ प्रतिशत नगद लाभांश वितरण गरिनेछ । सो प्रस्तावलाई साधारणसभामा पेश गरी पारित गरिने एजेन्डा साधारणसभाको छ ।

त्यस्तै, एनएफआरएस प्रणालीअनुसार रिपोर्टिङ गरिएको आयव्यय, विवरण, वासलात, नाफानोक्सान हिसाब खाता तथा नगद प्रवाहसम्बन्धी विवरणहरु स्वीकृत गर्ने, संस्थापक समूहअन्तर्गत रिक्त सञ्चालकको निर्वाचन गर्ने, सञ्चालकहरुको सेवा सुविधा परिमार्जन गर्ने तथा आगामी आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा समेत साधारणसभाको छ । नेपाल लाइफले आफ्नो अधिकृत पुँजीलाई पनि बढाएर १० अर्ब पुर्याउँदैछ ।

उक्त साधारणसभाका लागि नेपाल लाइफले बैशाख १९ गतेको लागि बुकक्लोजको मिति तोकेको छ । उक्त दिन शेयर स्वामित्वमा हुने व्यक्ति साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन योग्य हुनेछ ।

याेसँगै आव २०७४/७५ काे साधारणसभा बाेलाउने भने नेपाल लाइफ दाेस्राे कम्पनी बनेकाे छ ।  यसअघि महालक्ष्मी लाइफले गत पुस २७ गते साधारणसभा गरेकाे थियाे । एलआईसी नेपालले गत चैत ४ गते र नेशनल लाइफ इन्स्योरेन्सले गत चैत १५ गते साधारणसभा बोलाइसकेकाे भए पनि त्याे आव २०७३/७४ काे थियाे । सञ्चालनमा रहेका १९ जीवनबीमा कम्पनीहरुमध्ये बाँकी १७ ओटाले भने साधारणसभा बोलाउन बाँकी छ । निर्जीवन बीमा कम्पनीतर्फ सानिमा इन्स्योरेन्सले मात्र साधारणसभा बोलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.