बाेर्डिङ स्कुलहरुकाे बढेकाे शुल्क फिर्ता, उठाइसकेकाे भए पनि फिर्ता गर्नुपर्ने

  २०७६ वैशाख १२ गते ११:१०     डोमी शेर्पा

काठमाडौं। काठमाडाैंका निजी तथा आवासीय विद्यालयहरुले लिएकाे भर्ना र मासिक शुल्कमध्ये २७ प्रतिशत शुल्क फिर्ता गर्नुपर्ने भएकाे छ । काठमाडाै‌ं महानगरपालिका शिक्षा विभाग अन्तर्गतकाे शिक्षा समितिले भर्ना र मासिक शुल्क बढाउनेगरी यसअघि गरेकाे निर्णयलाई महानगरकाे कार्यपालिकाले खारेज गरिदिएपछि त्यसाे गर्नुपर्ने भएकाे हाे ।

समितिले यसअघि महानगर क्षेत्रभित्रका विद्यालयहरुले लिन पाउने शुल्क अघिल्लाे शैक्षिक सत्रभन्दा करिब २७ प्रतिशतले बढाउने निर्णय गरेकाे थियाे । तर मेयरकाे नेतृत्वमा रहेकाे कार्यपालिका उक्त निर्णयप्रति असहमत भएपछि शुल्क घटेकाे हाे ।

घटेकाे शुल्कका आधारमा अब  ‘क’ श्रेणी विद्यालयले १ देखि ५ कक्षा २ हजार ८ सय १२ रुपैयाँ शुल्क तोकिएको थियो । त्यसैगरी कक्षा ६ देखि ८ मा ३ हजार २ सय ५१ तथा कक्षा ९ र १० को शुल्क ४ हजार ३ सय ७३ रुपैयाँसम्म मासिक शुल्क र बढीमा एक महिनाकाे मासिक शुल्क बराबर भर्ना शुल्क लिन पाउँछन् ।

विद्यालयहरुले ब९ेकाे शुल्कअनुसार यसअघि नै उठाएकाे रकम पनि अर्काे महिनाकाे शुल्कमा समायाेजन वा फिर्ता गर्नुपर्ने महानगरले जनाएकाे छ । महानगरको शिक्षा विभाग प्रमुख निर्मला केसी कार्यपालिकाकाे निर्णयबमाेजिम यसअघि बढेकाे शुल्क फिर्ता भएकाे भन्दै अब बढेकाे शुल्कअनुसार रकम उठाउनेले त्याे रकम फिर्ता गर्नुपर्ने बताइन बताईन्।

महानगरले शुल्क बढाउने निर्णय गरेपछि अभिभावकहरुले त्यसकाे विराेध गरेका थिए । अभिभावककाे विराेधकै कारण महानगरपालिकाले शुल्क फिर्ता गर्ने निर्णय गर्नुपरेकाे बताइएकाे छ । यद्यपी अभिभावककाे सहमतिमा जतिपनि शुल्क लिन पाउने ‘लुपहाेल’का कारण विद्यालयहरुले मनलाग्दी शुल्क असुल्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.