प्राइम बैंकसँग मर्ज तोड्न खोज्ने ओम डेभलपमेन्ट बैंकको वित्तीय अवस्था राम्रो

  २०७६ वैशाख १२ गते ९:३२     विकासन्युज

काठमाडौं । प्राइम कमर्शियल बैंकसँगको मर्जर प्रक्रिया तोड्न चाहेको ओम डेभलपमेन्ट बैंकको वित्तीय विवरण राम्रो आएको छ । यस बैंकले चैत मसान्तसम्ममा ३४ करोड ७३ लाख रुपैयाँ खुद नाफा गरेको छ । सञ्चालन नाफा ५४ करोड छ ।

ओमले निक्षेप, कर्जा, लगानी, नाफा सबै सूचकमा वृद्धि हासिल गरेको छ । अघिल्लो वर्षको अवधिमा नाफा ८ करोडले वृद्धि गरेको छ । त्यस्तै निक्षेप करिव साढे ५ अर्ब रुपैयाँ वृद्धि गरी २४ अर्ब ७९ करोड बनाएको छ । कर्जा पनि एक वर्षमा करिव ५ अर्ब ४० करोडले वृद्धि गरी २२ अर्ब ४९ करोड रुपैयाँ बनाएको छ । लगानी ९ अर्ब ११ करोड गरेको छ ।

खराव कर्जा शुन्य दशमलव ९५ प्रतिशत छ । पुँजी प्रयाप्तता १५.१३ प्रतिशत छ । कष्ट अफ फण्ड ९ प्रतिशत छ । बेसरेट ११.१५ प्रतिशत छ । अघिल्लो वर्ष बेसरेट १२.९६ प्रतिशत थियो ।

प्रतिसेयर नेटवर्थ १४५.७७ रुपैयाँ छ भने प्रतिसेयर ११६१ रुपैयाँ एसेट छ । बैंकको प्रति सेयर आम्दानी भने गत वर्ष १२ रुपैयाँ ९६ पैसा भएकोमा अहिले १० रुपैयाँ ७० पैसामा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.