नेपाल एग्रोको आईपीओमा ४१.९० गुणा बढी आवेदन, कति जनाले भरे सेयर ?

  २०७६ वैशाख ११ गते १७:३९     विकासन्युज

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको आईपीओमा माग भन्दा ४१.९० गुणा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्टका अनुसार संस्थाको आईपीओमा कुल ६४ करोड ८७ लाख ३१ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।

बुधबार साँझ पाँच बजेसम्ममा कुल ३ लाख १७ हजार ९५२ जना आवेदकले कुल ६४ लाख ८७ हजार ३१० कित्ताको लागि आवेदन दिएको मर्चेन्टले जनाएको छ । मागभन्दा बढी आवेदन परेकाले बुधबार नै सेयर बिक्री गर्न बन्द गरेको मर्चेन्टले बताएकाे छ ।

संस्थाले गत वैशाख ८ गते आइतबारदेखि सर्वसाधारणका लागि कूल एक करोड ५१ लाख २० हजार रुपैयाँ बराबरको आईपीओ बिक्री शुरु गरेको थियो । उक्त सेयरमा १० कित्ता देखि ८०० कित्तासम्म भर्न पाउने व्यवस्था रहेको थियो ।

संस्थाले कूल एक करोड ६१ लाख ७७ हजार ८०० रुपैयाँ बराबरको साधारण सेयर मध्ये कर्मचारी र म्युचुअल फण्डलाई छुट्याई बाँकी रहेको सो मात्राको सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो । संस्थाले लघुवित्तका कर्मचारीलाई २४ सय ८९ कित्ता र सामूहिक लगानी कोषहरुलाई ८ हजार ८९ कित्ता सेयर छुट्याएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.