चर्चित सिइओको प्रतिष्पर्धामा अनिल शाह, चन्द्र ढकाल र उपेन्द्र महतो

  २०७६ वैशाख ९ गते ८:३८     विकासन्युज

काठमाडौं । चर्चित सिइओ(प्रमुख कार्यकारी अधिकृत)को प्रतिष्पर्धामा अनिल शाहदेखि चन्द्र ढकाल र उपेन्द्र महतो सामेल भएका छन् । नेपाल सिइओ समिट एण्ड अवार्डस् २०१९ का अवसरमा शाह, ढकाल, महतो र प्रदिप कुमार श्रेष्ठ तथा पवन गोल्यानमध्ये एक जनालाई चर्चित सिइओको उपाधी प्रदान गरिनेछ । त्यसका लागि यी चार जनामध्ये सबै भन्दा धेरै भोट पाउनेले उपाधी  प्राप्त गर्नेछ ।

नविल बैंकका सिईओ अनिल शाह, आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल, गैर आवासिय नेपाली संघ(एनआरएन)का संस्थापक अध्यक्ष उपेन्द्र महतो, पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक प्रदिप कुमार श्रेष्ठ र गोल्यान समुहका अध्यक्ष पवन गोल्यानमध्येबाट एक जनाले चर्चित सिइआको उपाधी पाउनेछन् ।

आगामी शुक्रबार राजधानीको सोल्टी होटलमा चर्चित सिइओको उपाधी प्रदान गरिनेछ । चर्चित सिइआको दौडमा रहेकाहरु मध्ये ढकाल, महतो र गोल्यान भने सिइओ नभएर कम्पनीको अध्यक्षको भूमिकामा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.