२६ आयाेजनामा २५ खर्बको लगानी प्रतिवद्धता, २७ आयाेजनाको छनाैट अगस्टभित्रै हुने

  २०७६ वैशाख ८ गते १६:१८     विकासन्युज

काठमाडौं । लगानी सम्मेलनपछि नेपालमा २५ अर्बको प्रतिबद्धता आएको छ । लगानी बोर्डका अनुसार सरकारी शोकेशमा रहेका ७७ ओटा परियोजनामध्ये २३ ओटा र शोकेशमा समावेश नभएका २६ ओटा परियोजना ४३ ओटा र शोकेशभन्दा बाहिरका ५ ओटा समेत गरी जम्मा ४८ ओटा परियोजनामा उक्त परिमाणमा आवेदन प्राप्त बोर्डले जनाएको हो ।

प्रतिवद्धता आएका आयोजनाहरुमध्ये कृषि पूर्वाधारमा ५ आयोजनामा ७ ओटा, स्वाथ्य तथा शिक्षा पूर्वाधारमा २ ओटा परियोजनामा २ ओटा, उर्जा पूर्वाधारमा ७ ओटा परियोजनामा ८ ओटा, उद्योगमा एउटा परियोजनामा एउटा, पर्याटनका ३ परियोजनामा ३, यातायातका ९ परियोजनामा २२ ओटा तथा शहरी पूर्वाधारका ४ परियोजनामा ५ ओटा आवेदन प्राप्त भएको बोर्डले जनाएको हो ।

बोर्डले उक्त आयोजनाहरुमध्ये २७ आयोजनाका लागि अगस्ट २० तारिखभित्रै विकासकर्ता छनौट गरिसक्ने जनाएको छ । त्यस्तै १७ आयोजनाको विकासकर्ता ९ महिनाभित्र छनौट भइसक्ने र बाँकी ६ ओटाका लागि भने १४ महिनाको समय लाग्ने जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.