सम्पादक शाहमाथिको आक्रमण र लुटपाटप्रति मिडिया साेसाइटीद्वारा खेद व्यक्त

  २०७६ वैशाख ६ गते १९:१०     विकासन्युज


काठमाडौँ । कर्पोरेट मासिकका सम्पादक उज्वलजंग शाहमाथि काठमाडौं मलमा केही व्यक्तिहरुबाट नियोजितरुपमा भएको साङघातिक आक्रमण र लुटपाटप्रति इकोनोमिक मिडिया सोसाइटी नेपाल(इम्शन)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सोसाइटीका महासचिव सिताराम विलासीले शुक्रबार विज्ञप्ति प्रकाशित गरी काठमाडौं मलमा व्यापार गर्दै आएकाहरुको पक्षमा कलम चलाउँदै आएका शाहमाथि उनीहरुकै विषयलाई लिएर निम्ता दिन जाने क्रममा आक्रमण हुनु र सुनको सिक्रीसमेत लुटिनु निन्दनीय र आपत्तिजनक भएको उल्लेख गरेका छन् ।

घटनाको सत्यतथ्य छानविन गरी आक्रमण र लुटपाटमा संलग्नलाई कारवाही गर्न पनि सोसाइटीले माग गरेको छ । साथै, पत्रकारहरुले स्वतन्त्ररुपमा काम गर्ने बाताबरण बनाउन पनि सरकारसँग यस सोसाइटीको जोडदार माग छ–विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.