२५ लाखले अवलोकन गरे शाश्वत धाम

  २०७६ वैशाख ४ गते २०:०६     विकासन्युज

काठमाडौँ । शाश्वत धामको दर्शन एवं भ्रमण गर्नेको संख्या २५ लाख पुगेको छ । बुधवार बाराको कलैया उपमहानगरपालिकाका आस महमत अन्सारी शाश्वत धामको २५औं लाख अवलोकनकर्ताका रुपमा प्रवेश गरेका थिए ।

‘यति सुन्दर र मनमोहक होला भन्ने मैले साेंचेकै थिइन’ अन्सारीले भने– यहाँ भ्रमण गर्नेहरुको बयान सुनेर परिवारसहित आएको हुँ । आफैले प्रत्यक्ष अवलोकन गरेपछि मलाई यस्तो भव्य स्थान नेपालमा अन्यत्र कहि छैन जस्तो लागेको छ ।

उनको परिवारजन सहित अन्य १० जना आगन्तुकलाई शाश्वत धाम ब्यबस्थापनले फुलमाला र दोसल्ला ओडाएर स्वागत गरेको थियो । त्यहाँ रहेको एकाम्बरेश्वर मन्दिरको भब्य कलात्मक शैलीले आफुहरुलाई लोभ्याएको र बुद्धिष्ट सेन्टरवाट धेरै ज्ञान सिक्न पाएको अनिसा बेगम खातुनले बताईन् । उनले यो हिन्दू मन्दिर भएपनि आफनो पनि उत्तिकै श्रद्धा रहेको बताईन् ।

बुधवार २५औँ लाख आगन्तुकका रुपमा शाश्वतधाम प्रबेश गरेका अन्सारी सहित १० जना आयुवम अन्सारी, राजकुमारी अन्सारी, हिमराम अन्सारी, टिकाराम बस्याल, कमला बस्याल विष्णु चापागाई, हिरा चापागाई, तिर्थ लामा र करुणालाई विशेष सम्मान गरिएको थियो । शाश्वत धाममा २५ लाख दर्शनार्थी पुगेको उपलक्ष्यमा बुधबार यहाँ आएका सबै दर्शनार्थीका लागिस्वस्ती वाचन, भजन किर्तनले स्वागत गरिएको थियो ।

यहाँको वातावरण, सरसफाइ , बगैचाले आफुलाई लोभ्याएको टिकाराम बस्यालले बताए । पवित्र देवघाट र लुम्बिनी क्षेत्रको सामिप्यमा रहेको यस धामभित्र रहेको मनमोहक र वैभवयुक्त एकम्वरेश्वर शिव मन्दिर यहाँको प्रमुख आकर्षण हो । चारैतिर हरियाली र पानीको फोहोरा रहेकाले रातीको समयमा यो मन्दिर पानीमा अडिएको भान हुन्छ ।

एकम्बरेश्वर मन्दिरभित्र ठूलो शिवलिंग रहेको छ । पार्वती, गणेश, हनुमान, सूर्य नारायण, नवग्रह, सतिदेवी लगायतका थुप्रै हिन्दु देवी देवताका प्रतिमाहरु एकम्बरेश्वर मन्दिरसँगै रहेका छन्। यस्को भब्य कलात्मक शैलीले सबैलाई लोभ्याउदै आएको छ । नयां बर्षका अबसरमा त्यहा पुजा आजा गर्नेको भिड लागेको थियो । हिन्दू धर्मकामुख्यमुख्य देवी देउताको एउटै थलोमादर्शन गर्न पाइने यो मन्दिरको फरक बिषेशता रहेको छ ।

भब्य र आर्कषक मन्दिर निमार्ण गर्न भारतिय पाच दर्जन बढी कालिगढलाई १४ वर्ष समय लागेको थियो । महेन्द्रराजमार्ग अन्तरगत नवलपरासीको दुम्कौलीमा करिब ८० बिगाह क्षेत्रफलमा फैलिएको अर्बपति बिनोद चौधरीको सिजी इन्डस्ट्रियल पार्क रहेको छ । त्यसैको दक्षिणी हातामा चौधरीले शाश्वत धामको निर्माण गरेका छन् । कलात्मक र सुन्दरताका कारण यो मन्दिरमा सबै धर्माबलम्बिहरुको आर्कषणको केन्द्र बनेको छ ।

मन्दिर परिसरमा बैदिक कर्मकाण्ड गुरुकुल पनि संचालनमा छ । त्यहाँ ७२ बिद्यार्थीले निशुल्क संस्कृत अध्ययन गर्दै आएका छन् । त्यहाँ आकर्षक बुद्धिष्ट सेन्टर पनि स्थापना गरिएको छ । जहाँ बुद्ध धर्म सम्वन्धी विशेष जानकारीहरू पाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.