मेलम्चीको हाकिमलाई एक करोड पुरस्कार दिनुपर्छ

  २०७६ वैशाख ४ गते १६:२६     विकासन्युज

काठमाडौं । खानेपानी मन्त्रालयका पूर्व सचिव भिम प्रसाद उपाध्यायले मेलम्चीको पानी एक बर्षभित्र काठमाडौं ल्याउनेलाई एक करोड पुरस्कार दिनुपर्ने प्रस्ताव गरेका छन् । ‘अब समय खेर नफाली मेलम्चीको पानी आगामी १ वर्षमा काठमाण्डौमा खसाल्न सक्ने बाचाका साथ जिम्मा लिनसक्ने व्यक्तिलाई मेलम्ची परियोजना प्रमूखको जिम्मा दिने र त्यसबापत उसलाई महिनाको रू ५ लाख तलब र १ वर्षमा पानी खसालेमा रू १ करोड एकमुष्ठ पुरस्कार दिने सरकारले घोषणा गरेर काम थाल्नु पर्छ ।’ उनले भने ।

त्यसो गर्न नसकिए मेलम्ची एकादेशको कथा बन्न सक्ने आंशका पनि उनले व्यक्त गरे । खानेपानी मन्त्रालयको सचिवको जिम्मेवारी सम्हाल्दा देखि नै मेलम्ची खानेपानी आयोजनालाई नजिकबाट नियालेका सचिव उपाध्यायले मेलम्ची बिकास समिति गठन आदेश तुरून्त संसोधन गरेर मन्त्रीलाई नै त्यसको अध्यक्षता गराएर प्रशासनिक मात्र हैन राजनीतिक नेतृत्व तहमा पनि यो परियोजनाको जिम्मेवार हुने व्यवस्था गर्नुपर्ने आवश्यकता पनि औल्याएका छन् ।

सबै कामको जवाफदेहीता कर्मचारीले मात्रै लिनुपर्ने हालको कानुनले मेलम्चीमा कर्मचारीले मात्र जोखिम नलिने, कुनै जिम्मा लिनु नपर्ने मन्त्री वा प्रमले यो गर र उ गर भन्दै निर्देशन गर्दैमा आफूमात्र फसिने भयले कर्मचारीको नेतृत्वले नयॉ पहल वा साहस गरेर मेलम्ची आयोजना पूरा हुने कुनै संभावना नरहेको पनि उनले ठोकुवा गरेका छन् ।

उनले अघि भनेका छन्मे-‘लम्चीको नेतृत्व र जिम्मा अब कानुनन् प्रम वा मन्त्रीले कुनै न कुनै ढंगमा लिनैपर्छ। मेलम्चीलाई गन्तव्यमा पुर्याउन कर्मचारीमा जोखिम लिएर अख्तियार धाउदै जिवन बिताउने त्यो दम हुदैन, छैन र देखिदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.