मुक्तिनाथ विकास बैंकद्धारा महानगरीय प्रहरी वृत्तलाई जनचेतनामूलक स्टीकर सहयोग

  २०७६ वैशाख ३ गते १६:३१     विकासन्युज


काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले काठमाडौं महानगरपालिका वडा नं १,महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरीलाई सामाजिक जनचेतनामुलक तथा सुरक्षा सम्बन्धी आकस्मिक सम्पर्क नम्बरहरु भएको स्टीकर सहयोग गरेको छ । उक्त स्टीकर महानगरीय प्रहरी वृत्त, कमलपोखरी अन्तर्गत रहेका करिब १०००० घर तथा कार्यालयमा टाँसिनेछ ।

उक्त स्टीकर मुक्तिनाथ विकास बैंक लि. मार्केटिङ्ग तथा कर्पोरेट मामिला विभागका प्रमुख बसन्त बक्सीले महानगरीय प्रहरी वृत्त, कमलपोखरीका प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेललाई हस्तान्तरण गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.