अष्ट्रेलिया जाँदा नलैजानुस् यी सामान, नत्र परिएला १० बर्ष जेल !

  २०७६ वैशाख ३ गते १७:३०     डोमी शेर्पा

अष्ट्रेलिया । अष्ट्रेलियाले बाहिरबाट ल्याइने खानेकुरा ,खाद्यान्न र पशुजन्य उत्पादनमा कडाइ सुरु गरेको छ। देशबाहिरबाट आउने खानेकुराले अष्ट्रेलियामा रोग र माहमारी फैलाई देशलाई असुन्तलित बनाउने हुनाले यस्तो सुरु गरिएको अष्ट्रेलियन सरकारले जानकारी दिएको छ।

अप्रिल १७,२०१९ बाट लागू गरिएको नयाँ नियम अनुसार यदी बाहिर देशबाट ल्याइएको सामानको गुणस्तर कम भएको अवस्थामा उक्त व्यक्तीलाई अष्ट्रेलिया प्रवेशमा रोक लगाइने बताईएको छ।

त्यसैले यदी तपाई घरबाट अष्ट्रेलियामा बस्ने आफ्ना छोराछोरी,आफन्त, अष्ट्रेलिया सामान पठाउँदै हुनुहुन्छ भने सजक हुनुहोला।

अष्ट्रेलियामा के लैजान पाइन्छ, के पाइदैन ?

१। खाना

तपाईले अष्ट्रेलियामा कफी,बिस्कुट ,ब्रेड ,केक,चक्लेट, मेपल सिरप, तेल आदि ल्याउन पाउनुहुन्छ । यदी तपाई अचार, चियापत्ती, मसला, दुधजन्य पदार्थ लैजाँदै हुनुहुन्छ भने उक्त सामनको बारेमा तपाईले स्पस्ट विवरण दिनु पर्नेछ।

२। औषधी 

तपाईले व्यक्तिगत प्रयोजनका लागि औषधी लैजान पाउनुहुन्छ तर तपाईले उक्त औषधीको डाक्टरले अंग्रेजीमा लेखेको प्रेस्क्रिप्सन सँगै बोक्नुपर्ने हुन्छ। तपाईले यसरी आफुले खाँदै गरेको औषधी लैजान सक्नुहुन्छ।

३। बनस्पति ,फुल र बिरुवाहरु

जरा सहितको बनस्पतिहरुलाई अष्ट्रेलियामा लैजान प्रतिबन्ध लगाइएको छ। यदी कसैले लैजान पर्ने अवस्था आउँछ भने उसले कृषि तथा जलश्रोत विभागबाट अनुमती लिनुपर्ने हुन्छ।

४। चाडबाडको सामाग्री 

अप्रावासी विद्यार्थीहरुले दसैं-तिहार, जनैपुर्णिमा जस्ता चाडपर्वमा ल्याउने सामनको जाँच गरि लैजान पाउने छन्। तर विद्यार्थीहरुले ताजा फलफूल, सुक्खा फलफुल तथा मिठाईका परीकार जस्तै लड्डु, बर्फी, रसमलाई, पेडा आदि ल्याउन पाउने छैनन्।

तपाईले प्रतिबन्धित सामान ल्याउनु भयो भने के हुन्छ ?

यदी तपाई अष्ट्रेलिया आउँदै हुनुहुन्छ भने तपाईलाई एउटा कार्ड पेपेर दिईनेछ जसमा तपाईले ल्याउनुभएको सामानको विवरण लेख्नुपर्ने हुन्छ। सेकुरेटी अफीसरले तपईको लगेज चेक गर्ने छन् र यदी तपाइले आफ्ना सामानको विवरण लेख्नुभएन वा गलत लेख्नुभएमा उनीहरुले तपाइको सामनको जाँच गरी विवरण झुटो ठहरिएको अवस्थामा तपाईलाई जेल लगी $४२०००० जरीवाना लगाइने वा १० बर्ष जेल समेत हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.