मंगलबार अधिकांश वाणिज्य बैंकको बढी कारोबार, १५२ कम्पनीको सेयर मूल्य वृद्धि

  २०७६ वैशाख ३ गते १६:१७     विकासन्युज

मंगलबार कारोबार बढी भएका १० कम्पनीहरु

काठमाडौं । मंगलबारको बजारमा अधिकांश वाणिज्य बैंकहरुको बढी सेयर कारोबार भएको छ । सो दिन उल्लेख्य कारोबार गर्ने १० कम्पनीहरु मध्ये ८ वटा वाणिज्य बैंक देखिएका छन् ।

सो दिन एनएमबि, एनआईसी एशिया, प्रभु, सिभिल, नेपाल, कुमारी, नेपाल क्रेडिट एण्ड कमर्श(एनसीसी) र प्राइम कमर्सियल बैंकको बढी कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी एनएमबि बैंकको ६ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार बैंकको सेयर मूल्य प्रतिकित्ता ३७५ रुपैयाँ रहेको छ ।

एनआईसी एशियाको ४ करोड ९८ लाख, प्रभुको ४ करोड ५८ लाख, सिभिलको ३ करोड ३२ लाख र नेपाल बैंकको ३ करोड २४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य क्रमशः ४९५, २६३, १६८ र २९९ रुपैयाँ रहेको छ ।

त्यस्तै, कुमारी बैंकको २ करोड ७५ लाख, एनसीसीको २ करोड ३० लाख र प्राइम कमर्सियल बैंकको एक करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार कुमारी बैंकको प्रतिकित्ता २६०, एनसीसीको २२९ र प्राइमको प्रतिकित्ता ३३९ रुपैयाँ रहेको छ ।

बजारमा तरलताको समस्या कम हुँदै गएको र बैंकको ब्याजदर घटिरहेकोले सेयर वाणिज्य बैंकको बढी कारोबार भएको हो । त्यस्तै, पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको रिपोर्ट अनुसार कम्पनीहरुको प्रतिसेयर आम्दानी पनि बढ्दै गएकाले त्यसको असर सेयर बजारमा देखिएको हो ।

सो दिन बजारमा कुल १७० कम्पनीको सेयर कारोबार भएको छ । सो मध्ये १५२ कम्पनीको सेयर मूल्य बढेको छ भने बाँकी १८ कम्पनीको मूल्यमा गिरावट देखिएको छ । सबैभन्दा बढी श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६.६७ प्रतिशतले बढेको छ ।

यूनिभर्सल पावर कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३.२२ प्रतिशतले घटेको छ । जसको सेयर मूल्य अंकित मूल्य भन्दा तल घटेको छ । मंगलबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९० रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.