नेपालीको एक बैंक खातामा बैंकहरुको साथ, कुन बैंकले के दिए नाम ?

  २०७६ वैशाख ३ गते १०:२६     विकासन्युज


काठमाडौँ । साक्षरता अभिवृद्धि तथा हरेक नेपालीको एक बैंक खाता लक्ष्य साकार तुल्याउने सरकारको नीतिलाई कार्यान्वयन गर्न बैंकहरु सक्रिय भएका छन् । विभिन्न बैंकहरुले छुट्टा छुट्टै नाम दिएर बचत खाता सञ्चालनमा ल्याएका छन् ।

एनएमबी बैंकले ‘सबैको सहारा बचत खाता’सञ्चालनमा ल्याएको छ । ललितपुरमा पत्रकार सम्मेलन गरेर उक्त बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले शून्य मौज्दातमा खाता खोल्न सकिने र त्यसमा बैंकले तत्काल रु एक सय जम्मा गरिदिने जानकारी दिँदै ‘समृद्ध नेपाल सुखी नेपाली’ वर्तमान सरकारको परिकल्पना साकार पार्न सहयोग गर्ने उद्देश्यले बैंकले यस्तो अभियान सञ्चालन गरेको बताए ।

त्यसैगरी ज्योति विकास बैंक लिमिटेडले ‘ज्योतिसमृद्धि बचत खाता’ संचालनमा ल्याएको छ । वार्षिक ७% ब्याजदर दिने
बचत खातामा अन्य बैंक वित्तीय संस्थाहरुमा खाता नहुने ग्राहकहरुले खाता खोलेमा रु. १०० बैकको तर्फबाट प्रदान
गरिने बैंकले जनाएको छ ।

यता, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ बचत योजना ‘सिटिजन्स सरलबचत खाता’ सर्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत खाता खोल्ने ग्राहकहरुलाई बैंकको तर्फबाट रु १०० खातामा राखिदिने ब्यवस्था गरिएको खातामा दैनिक मौज्दातमा वार्षिक ५%ब्याज दर प्रदान गरिने बैंकले जनाएको छ ।

यसैगरी, नेपाल बङ्गलादेश बैंकले समृद्धिसंग जोडौ नाता, सबै नेपालीको बैंक खाताको नारा सहित रजत बचत खाता सञ्चालनमा ल्याएको छ ।

उक्त रजत बचत खाता खोले वापत आकर्षक प्रतिफलहरु पाउन सकिनेछ ।

उक्त खाता मात्र रू. २५ मा खाता खोल्न सकिने, बैंकद्वारा रू. १०० थप प्रदान गरिने, बचत कर्ता र इच्छाएको व्यक्तिलाई रू. १ लाख सम्मको स्वास्थ्य बीमा सुबिधा र नेपाल भरिका अस्पतालहरुमा उपचार सेवा जस्ता आकर्षक सुविधाहरु रहेका छन् ।

त्यसैगरी, नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी बैंक)ले ‘एनसीसी नेपाली नागरिक बचत खाता’ सञ्चालनमा ल्याएको छ । २०७६ वैशाख १ गते देखि लागु हुने उक्त बचत खाता खोल्ने व्यक्तिहरुलाई बैंकले आफ्नै तर्फबाट रु १ सय खातामा जम्मा गरिदिने जनाएको छ ।


यता, जनता बैंक लिमिटेडले ‘सबै नेपालीको खाता’ सञ्चालनमा ल्याएको छ । यसमा खाता खोल्दा बैंकले १०० रुपैयाँ जम्मा गरिदिने र वार्षिक ब्याज दर ६.५ प्रतिशत दिने बैंकले जनाएको छ ।

यसैगरी सनराइज बैंकले ‘सनराइज समृद्घि बचत खाता’ ग्राहक समक्ष ल्याएको छ । जस अन्तर्गत खाता खोल्दा १०० रुपैयाँ बैंकले नै जम्मा गरी दिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.