वृद्ध भत्ता एक हजार बढ्ने, अर्काे बर्षदेखि महिनामै ३ हजार

  २०७६ वैशाख ३ गते १०:२१     विकासन्युज

काठमाडौं । सरकारले वृद्ध भत्ता एक हजार वृद्धि गर्ने तयारी गरेको छ । आगामी आर्थिक बर्षको बजेट मार्फत वृद्ध भत्तालाई एक हजार वृद्धि गर्ने तयारीमा सरकार जुटेको हो । हाल ७० बर्ष कटेका वृद्ध वृद्धाहरुले मासिक १ हजार वृद्धि भत्ता र एक हजार स्वास्थ्य उपचार शुल्क वापत कुल २ हजार पाउँदै आएका छन् ।

सरकाले आगामी आर्थिक वर्षको बजेट मार्फत त्यसलाई वृद्धि गरेर मासिक ३ हजार बनाउने गरि बजेट निर्माणको प्रारम्भिक छलफलमा कुरा उठिरहेको अर्थ मन्त्रालय श्रोतले बतायो । प्रधानमन्त्री केपी ओलीले पनि वृद्ध भत्ता बढ्ने प्रष्ट संकेत दिईसकेका छन् । निर्वाचनको घोषणा पत्रमा पाँच बर्षभित्र वृद्ध भत्तालाई ५ हजार पुर्याउने उल्लेख गरेको बामपन्थी सरकारले चालु आर्थिक बर्षमा भत्ता वृद्धि नगर्दा आलोचना खेपेको थियो ।

अर्थ मन्त्रीका आर्थिक सल्लाहकार डा. रामशरण खरेलले भने–‘चुनावी घोषणा पत्रमा लेखिएका प्रतिवद्धताहरु पुरा हुने गरि बजेट निर्माणको प्रारम्भिक छलफल भैरहेको छ ।’हाल दलित ज्येष्ठ नागरिकले ६० वर्षदेखि नै मासिक २ हजार रुपैंयाँ पाउँदै आएका छन् भने विधवा तथा एकल महिला, अपांग, लोपोन्मुख जातिले पनि त्यस्तो भत्ता पाउँदै आएका छन् । नेपालमा समाजिक सुरक्षा भत्ता लिनेहरुको संख्या २४ लाख ९८ हजार ५ सय ३२ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.