फर्स्ट माइक्रोफाइनान्सको नाफा २६ प्रतिशतले बढ्यो, रिजर्भको आकारमा उत्साहजनक वृद्धि

  २०७६ वैशाख ३ गते ८:३२     विकासन्युज

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले यो आर्थिक वर्षको तेस्रो त्रैमासको नाफा २६ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही समयको तुलनामा लघुवित्तले नाफामा उक्त परिमाणमा वृद्धि गरेको हो ।

लघुवित्तले चालु आर्थिक वर्षको ९ महिनामा ९ करोड १८ लाख ९३ हजार रुपैंया खुद मुनाफा कमाएको हो । अघिल्लो वर्षको सोही अवधिमा फर्स्टले ७ करोड ३० लाख ७३ हजार खुद मुनाफा कमाएको थियो ।

चैत मसान्तसम्म फर्स्टले ४ अर्ब ७५ करोड ऋण लिएर ५ अर्ब १८ करोड रुपैंया कर्जा प्रवाह गर्दा चुक्ता पुँजी भने ६८ करोड रुपैंया कायम गरेको छ । प्रवाहित ऋणमध्ये कुनैपनि रकम निष्क्रिय कर्जाको रुपमा नरहेको बैंकद्वारा प्रकाशित रिपोर्टमा उल्लेख छ ।

फर्स्टले कमाएको नाफा र चैत मसान्तसम्मको बजार मूल्यका आधारमा मूल्य आम्दानी अनुपात २१.२९, पुँजी पर्याप्तता अनुपात १७.२२, कस्ट अफ फण्ड १०.६९ प्रतिशत छ । रिजर्भमा भने फस्र्टले गत ३ महिनामा भन्दा साढे ३ करोड रुपैंया ६२ लाख रुपैंया वृद्धि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.