गण्डकी विकास बैंकद्धारा पोखराको एक विद्यालयमा छात्रवृत्ति प्रदान

  २०७५ चैत २८ गते १७:२०     विकासन्युज

काठमाडौं । गण्डकी विकास बैंकले बाराही माध्यामिक विद्यालयमा छात्रवृत्ति प्रदान गरेको छ । श्री बाराही माध्यामिक विद्यालय, पोखरा ५ पस्र्याङ्गका ३ जना गरिव तथा जेहेन्दार विधार्थीहरुलाई प्रति विधार्थी रु ३५ सयका दरले रु १० हजार ५ सय छात्रवृति प्रदान गरेको छ । सो कार्यक्रममा विद्यालयको तर्फबाट सञ्चालक समितिका अध्यक्ष विष्णुप्रसाद बराल, प्राचार्य शिवप्रसाद भण्डारी, अभिभावक, विद्यार्थी तथा सम्पूर्ण शिक्षकहरुको उपस्थिति रहेको थियो भने बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा, सहायक प्रमुख कार्यकारी अधिकृत तारानाथ लम्साल र पस्र्याङ्ग शाखा प्रमुख प्रमोद ओझाको उपस्थिति रहेको थियो ।


कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद बराल र प्राचार्य शिवप्रसाद भण्डारीले गण्डकी विकास बैंकले गरिव तथा जेहेन्दार विद्यार्थीहरुको लागि छात्रवृति प्रदान गरेकोमा आभार व्यक्त गरेका थिए । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले सो छात्रवत्ति हस्तान्तरण गदैं पछिल्ला समयमा देशभरिका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर राम्रो भएको र यस बाराही विद्यालयको साथै बैंकले यस्ता प्रकारका कार्यक्रमहरुलाई आगामी दिनहरुमा पनि निरन्तरता दिदै जाने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.