२०७५ चैत २४ गते १४:१४ विकासन्युज
काठमाडौँ । युनाईटेड फाईनान्स लिमिटेडमा भारतको कोचीमा प्रधान कार्यालय रहेको मुत्तुट फाईनान्स लिमिटेडको लगानी भित्रिएको छ ।
कात्तिक ३० गते भएको संयुक्त लगानी सम्झौता अनुसार संस्थागत समुह अन्र्तगत रहने गरी मुत्तुट फाइनान्सले २१ कित्ता शेयरमा लगानी गरेको हो ।
१९० रुपैययाँका दरले २१ लाख कित्ता शेयरको हुन आउने रकम ३९ करोड ९० लाख रुपैयाँको चेक नेपाल मुत्तुट फाईनान्स लिमिटेडका अध्यक्ष एमजी जर्ज मुत्तुटले लगानी सम्मेलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई र छुट्टै एक अर्को समारोहमा यूनाईटड फाईनान्स लिमिटेडका अध्यक्ष वसन्तकुमार चौधरीलाई हस्तान्तरण गरेका हुन् ।
मुत्तुट फाईनान्स लिमिटेडका अध्यक्ष एमजी जर्ज मुत्तुटले युनाईटेड फाईनान्स लिमिटेडसंगको सहकार्य नेपालमा संयुक्त लगानीको शुरुवात मात्र भएको र भविष्यमा बैंकिङ्ग तथा वित्तिय, बिमा, शिक्षा जस्ता अन्य क्षेत्रमा समेत लगानी बढाउन सकिने बताएका छन् ।
उक्त अवसरमा युनाईटेड फाईनान्स लिमिटेडका अध्यक्ष चौधरीले मुत्तुट ग्रुपले युनाईटेड फाईनान्स लिमिटेडसंग संयुक्त लगानीको सहकार्य गरेकोमा आभार व्यक्त गर्दै आगामी दिनमा मुत्तुट फाईनेन्सको अनुभव र प्रविधिको उपयोग गर्दै नेपालमा सुन कर्जा, रेमीटेन्स लगायत अन्य बैंकिङ्ग सेवाहरु ग्राहकहरुलाई सरल र सहज रुपमा प्रदान गर्ने धारणा व्यक्त गरेको युनाइटेड फाइनान्सका कामु कार्यकारी अधिकृत इश्वर पोखरेलले जानकारी दिए ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.