‘फुटपाथका खानेकुरा खानाले मानवीय स्वास्थ्यमा दीर्घकालीन असर’

  २०७५ चैत २२ गते १८:२५     विकासन्युज

काठमाडौं । खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जिव कर्ण फुटपाथमा राख्ने खानेकुरा खानाले मानवीय स्वास्थ्यमा दीर्घकालीन असर पर्ने बताएका छन् । विभागको चौमासिक प्रगति विवरण सार्वजनिक गर्न आयोजित कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् ।

पत्रकार सम्मेलनमा उनले भने- फुटपाथका खाना अखाद्य हुन सक्छन्, त्यसकारण पनि ‘स्ट्रिट फुडको स्वच्छता सम्बन्धी निर्देशिका २०७५’को मस्यौदामा प्यान दर्ता अनिवार्य गरेको उनले बताए ।

महानिर्देशक कर्णले खाद्य वस्तु राख्ने ठेलागाढा, पकाउने भाँडा, खानेकुरा, दिने भाँडा, पकाउने व्यक्ति लगायतका सम्बन्धमा समेत सफाईको मापदण्ड तोकिएको बताए । सो मस्यौदा अनुरुप खुल्ला रुपमा बेच्न राखिएको सामान अनिवार्य रुपमा छोपिएको हुनु पर्ने र खाने कुराहरुलाई पत्रिका तथा कागपत्रमा दिन नपाईने व्यवस्था रहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.