दराज ‘ब्राण्ड डे’ टाइटनको साथ, सबै घडीहरुमा २० प्रतिशत छुट

  २०७५ चैत १७ गते ११:४२     विकासन्युज


अनलाइन शपिङ गन्तव्य दराजले, आफ्नो ब्राण्ड डे शृंखला यही अप्रील १ तारिखका दिन प्रख्यात ब्राण्ड टाइटनका साथमा गर्ने भएको छ । एक दिनको लागि मात्र हुने ब्राण्ड डेमा उपभोक्ताहरुले दराजद्वारा टाइटनका खास अफरहरुको फाइदा लिन सक्ने छन् । उक्त अफर दराजको दराज मलमा सहित टाइटनको अधिकृत स्टोरमा मात्र लागू हुनेछ ।

ब्राण्ड डेमा टाइटनका सबै घडीहरुमा २०% छुट, निःशुल्क वितरण तथा रु २,००० सम्मको संग्रहणीय भौचरहरु प्रदान गरिनेछ । विशेस गरी बिहान १० बजे देखी दिउँसो २ बजेसम्म टाइटनको खास मोडलहरुमा न्यूनतम ३०% छूट प्रदान गरिने जनाइएको छ । साथै ५ हजार रुपैयाँसम्मको कलेक्टीभ भौचरहरु प्रदान गरिनेछ । ५ जना भाग्यशाली उपभोक्ताहरुले २ हजार रुपैयाँको कलेक्टिभ भौचरहरु जित्ने मौका पनि पाउने छन् ।

के हो ब्राण्ड डे ?
ब्राण्ड डे मा एक प्रख्यात ब्राण्डले ग्राहकहरुलाई एक दिनका लागि आकर्षक एवंमविशेष छुट दिने छ । यो उत्सवले अनलाइन शपिङ्गको अनुभूतिलाई अझव्यापक र उत्साहित बनाउने दराजले जनाएको छ । यो ब्राण्ड डे हरेक महिनाको १ र १५ गते आयोजना हुन्छ र २४ घण्टाको सीमित अवधिभित्र उपभोक्ताहरुले नाम चलेका प्रसिद्ध ब्राण्डहरु जस्तै गोल्डस्टार, अमेरिकन टुरिस्टर, बाल्ट्रा, शियोमी, मेबलिन्, कन्वर्स्, रङ्गोलि, लोरिअल पेरिस, सलाना र अन्य ब्राण्डहरु आकर्षक बार्गेन डिलमा उपलब्ध हुने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.