होली वाइन छोएको पनि छैन, धर्म परिवर्तन गराउनेलाई कारवाही गरौंः माधव नेपाल

  २०७५ चैत १२ गते १९:४०     विकासन्युज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले जबरजस्ती धर्म परिवर्तन गराउनेलार्ई कारवाही गर्नुपर्ने बताएका छन् ।
प्रेस चौतारी नेपाल र प्रेस सेन्टरले चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले हिन्दु धर्मावलम्बीरुलाई लोभ लालच देखाएर जबरजस्ती क्रिश्चियन बनाउने काम भैरहेकाले त्यस्तालाई कारवाही गर्नुपर्ने धारणा राखेका हुन् ।

नेता नेपालले जबर्जस्ती धर्म परिवर्तन गराउने कार्यको विरोध गर्दै भने,“व्यक्तिको स्वतन्त्रता हो धर्म छनोट गर्ने तर, कसैले जबर्जस्ती गराउँछ भने दण्डको भागीदार हुनुपर्छ ।” उनले नेपालमा खुलारूपमा क्रिश्चियन धर्म प्रचार गरी प्रभावमा पारेर धर्म परिवर्तन गर्ने कामलाई संविधानले छुट नदिएको स्पष्ट पारे ।

उनले कसैले पनि धर्म परिवर्तन लोभ लालचमा गराउन नपाउने बताए । नेपालमा हिन्दू धर्मलाई परिवर्तन गर्ने काम भइरहेको भन्दै त्यसलाई दण्डित गर्नुपर्ने उनको भनाइ थियो ।

नेता नेपालले होली वाइन बारेको प्रश्नका सन्दर्भमा प्रष्ट पार्दै भने “माधव नेपालले वाइन खाने कुराको कल्पनासमेत नगर्नुहोस्, म छुँदा’नी छुन्नँ ।” विसंं २०५२ मा पार्टीभित्र मदिरा निषेध गर्न आफूले अभियाननै चलाएको उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.