ओम समाजले गर्याे पहिलो डेन्टल मोबाइल भ्यानकाे उद्घाटन

  २०७५ चैत ८ गते १३:२०     विकासन्युज

काठमाडौं । ओम समाज डेन्टल होमले नेपालमा पहिलो पटक डेन्टल मोबाइल भ्यानबाट दाँतको उपचार सेवाको शुरु गरेको छ ।  डेन्टल होम चावहिलको आयोजनामा अन्तराष्ट्रिय मुख दिवस २०१९काे अवसरमा  साे सम्वन्धी कार्यक्रमका साथै डेन्टल मोबाइल भ्यान उद्घाटन गरेको हो ।


प्रदेश नं ३ का प्रदेश सदस्य नरोत्तम बैध र कामपा वडा नं. ७ का अध्यक्ष सुद्धकुमार डंगोल लगायत समाजका लब्धप्रतिष्ठित व्यक्तिहरु र डेन्टलका डाक्टर, कार्मचारीको उपस्थिति रहेको उक्त कार्यक्रममा मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री परिषदका पर्व अध्यक्ष खिलराज रेग्मी मुलको स्वस्थ्य नै शरिर स्वास्थ्य हो जानकारी दिए । कार्यक्रममा आयोजक डक्टर सुभाष घिमिरेले मुख स्वास्थ्य राख्ने सकेमा ९० प्रतिशत रोग चेट हुने बताउँदै मुखको माध्यमबाट भित्र जाने हुँदा मद्यपान र धुम्रपानबाट टाढा रहनु पर्ने जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.