उर्जा क्षेत्रमा ९० अर्ब लगानीको प्रतिबद्धता, १९ परियोजनाबाट ५ सय मेगावाट उत्पादन हुने

  २०७५ चैत ५ गते १८:१९     राजाराम न्यौपाने

काठमाडौं । जलविद्युत आयोजनामा ९० अर्ब रुपैयाँ बराबरको स्वदेशी लगानी प्रतिवद्धता आएको छ । चालु आर्थिक बर्षको पछिल्लो ८ महिनामा सो प्रतिवद्धता आएको हो । उद्योग विभागको पछिल्लो तथ्यांक अनुसार सौर्य उर्जा, बायु उर्जा तथा जलविद्युत लगायतका १९ ठूला उर्जा क्षेत्रमा लगानी प्रतिबद्धता आएको हो ।

स्वदेशी लगानीमै बन्न लागेका उर्जा क्षेत्रका विभिन्न १९ परियोजनामा ८९ अर्ब ६४ करोड ८५ लाख रुपैयाँ लगानीको प्रतिवद्धता आएको विभागले जानकारी दिएको छ । चालु आर्थिक बर्षको साउन देखि फागुन १५ गतेसम्म ४ सय ९८ मेगावाट क्षमताका आयोजनामा लगानी प्रतिवद्धता आएको हो ।

सो अवधिमा दर्ता भएका सौर्य उर्जा, बायु उर्जा र जलविद्युत मध्य सबै भन्दा ठूलो सिचुवान वाईपिङ जलविद्युत आयोजना रहेको छ । सो परियोजना ४५ अर्ब रुपैयाँ बराबरको लागतमा निर्माण हुने र २ सय ३५ मेगावाट जलविद्युत उत्पादन गर्ने आयोजना हो । अञ्जु पौडेलको नाममा कम्पनी दर्ता गर्दै लगानी प्रतिवद्धता गरेको हो ।

सोही अवधिमा सौर्य उर्जामार्फतका २९ मेवा क्षमताका आयोजनामा लगानी प्रतिवद्धता आएको छ । विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको माघ महिनामा धनुषाको मिथिला नगरपालिकामा १० मेगावाट क्षमताको सौर्य उर्जा प्लान्ट स्थापनाका लागि लगानी प्रतिवद्धता आएको छ । उक्त प्लान्ट भने नेपाल र भारतका लगानीकर्ताको संयुक्त लगानीमा निर्माण हुने विभागले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.