६.८३ अंकले घट्यो नेप्से, १४ करोडको कारोबार

  २०७५ चैत ५ गते १५:३५     विकासन्युज


काठमाडौ । साताको तेस्रो दिन मंगलवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । नेप्से परिसूचक ६.८३ अंकले घटेको हो । ०.५९ प्रतिशतले घट्दा नेप्से परिसूचक ११४७.१५ बिन्दुमा पुगेको हो ।

मंगलबार सेयर बजारमा १५८ कम्पनीले कारोबार गरेका छन् । ५ लाख ३४ हजार ९ सय ९५ कित्ता सेयर खरिद बिक्री हुँदा १४ करोड ८६ लाख ३३ हजार २ सय ४५ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेका सबै सूचक आज राता देखिएका छन् । बैक समूह ६.७५, ट्रेडिङ २.८७, विकास बैक ९.९८, जलविद्युत ७.८५, वित्त कम्पनी ३.२७, निर्जीवन बीमा २२.३९, उत्पादनमूलक समूह ४.७४ , अन्य समूह ४.४३, माइक्रोफाइनान्स ७.४३, जीवन बीमा २०.२३ अंकले घट्न पुगेका छन् ।

आशा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९५ प्रतिशतले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस्तै, मितेरी डेभलपमेण्ट बैकका लगानीकर्ताले ४.८९ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.