मोबाईल पानीमा भिज्यो ? यसरी घरमै बनाउनुहोस्

  २०७५ चैत ५ गते १७:४५     विकासन्युज


काठमाडौं। विभिन्न कारणले गर्दा मोबाईल पानीमा पर्ने गर्दछ र यो धेरै मानिसहरुको तनावको बिषय बनेको छ। पानीमा परेपछी मोबाईल बनाउनु धेरै पैसा खर्च हुनेगर्दछ। तर हामी घरमै पनि यस समस्यालाई सुल्झाउन सक्छौं। त्यसैले यदी तपाईको पनि मोबाइल झ्नुक्किएर पानीमा पर्‍यो भने नात्तिनुहोस् बरु चाँडो चाँडो केही तरिका अप्नाउनुभयो भने तपाईंले आफ्नो फोनलाई बिग्रिनबाट जोगाउन सक्नुहुन्छ।

के गर्ने ?

सर्वप्रथम त मोबाईललाई पानीबाट चाँडो निकाल्नुहोस् किनभने जती लामो समय फोन पानीमा हुन्छ त्यती समय खुल्ला ठाउँहरुबाट पानी त्यती नै धेरै छिर्ने सम्भावना बढेर जान्छ।

१। फोन अफ छैन भने त्यसलाई अफ गर्नुहोस्
२। फोनमा भएको सिम कार्ड र मेमोरी कार्ड झिक्नुहोस्
३। यदि तपाईसँग पुरानो फोन छ भने पछाडिबाट ब्याट्री खोल्नुहोस् र छुट्टै राख्नुहोस्। यदी तपाईको हालैका स्मार्टफोन हो भने पक्कै पनि त्यसको ब्याट्री निकाल्न मिल्दैन। यसको लागि कि युट्युब भिडियो हेरेर ब्याट्री निकाल्ने काम गर्नुहोस् नत्र भए फोन मर्मत गर्ने पसल जानुहोस्।

४। फोनको पानी हटाउन सुख्खा कपडाको प्रयोग गर्नुहोस्। फोनलाई नहल्लाई कपडाले सफा गर्नुहोस् र सक्ने जति फोनमा लागेको पानीलाई हटाउन प्रयास गर्नुहोस्।

५। यदी फोनमा धेरै पानी पसेको छ भने त्यसलाई तपाईले भ्याक्युमले पनि होसियार भएर निकाल्न सक्नुहुन्छ।
६। फोनलाई चामलको बोरामा राख्नुहोस् यसो गर्दा चामलले फोनमा भएको पानी सोस्ने गर्दछ।
७। फोनलाई २ दिन जति सुक्न दिनुहोस्। सुक्यो भन्दैमा एकै दिनमा फोन सुचारु नगर्नुहोस्।
८। यदी तपाईको फोन अन भएन भने फोनलाई चार्ज गर्नुहोस्। फोन चार्ज भएन भने फोनको ब्याट्री बिग्रिएको हो।

के नगर्ने ?

१। फोनलाई अन नगर्नुहोस्
२। फोनको कुनै पनि नम्बरहरु नथिच्नुहोस्
३। चार्ज नगर्नुहोस्
४। फोनमा नफुक्नुहोस् किनभने यसो गर्दा पानी अझै भित्र पस्न सक्छ।
५। ड्रायरको प्रयोग नगर्नुहोस् किनभने तातोले अझै फोनलाई बिगार्न सक्छ।

भविस्यमा भने पानी भएका ठाउँमा फोनलाई नलैजाउनुहोस् अथवा पानीबाट बचाउन सक्ने वाटरप्रुफ ब्यागहरुको प्रयोग गर्नुहोस्।

बजारमा पाईने वाटरप्रुफ मोबाईल 

साम्सुङ ग्यालेक्सी S9/ S9+ नोट ९
गुगल पिक्सेल ३/३XL
एचटिसी यु १२ +
हुवावे मेटा २० प्रो
एलजी भि४० थिन्क्
आईफोन XS/ XS Max/ XR

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.