बनेपाकी रोशनीको उद्यम मोह: ‘पढाई शिक्षाशास्त्र, बनिन् उद्यमी’

  २०७५ चैत ५ गते १०:४१     सुनिता पुडासैनी

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाकी रोशनी उपाध्याय एक सफल उद्यमी हुन् । उनले हस्तकला व्यवसायबाट राम्रो प्रगति गरिरहेकी छिन् । उनका काकाहरु बुनाई क्षेत्रमा संलग्न भएका कारण पनि यो व्यवसायमा प्रवेश गर्न र निरन्तर यही काममा संलग्न रहन सजिलो भएको बताउँछिन् । एसएलसी उत्तीर्ण गरेपनि उनी अध्ययनको क्रममा बनेपामा झरेकी थिइन्, उनी सामाजिक संस्थामा समेत आवद्ध छिन्, कलेज पढ्दा पढ्दै गर्दा उनको विवाह भएको थियो ।

जब उनको विवाह भयो, घरमा पनि सासुले हस्तकला सम्बन्धी विभिन्न प्रकारका वस्तु बन्ने हुँदा त्यहाँपनि उनलाई सहज नै भयो । आफ्नै एउटा उद्यम स्थापना गरेर केही महिला दिदीबहिनीहरुलाई रोजगारी प्रदान गर्ने सोचका साथ आफ्नै संस्था स्थापना गर्ने योेजना बनाइन् ।

सोही सिलशिलामा वि.स. २०५६ सालमा संस्था दर्तासँगै कामलाई निरन्तर रुपमा अगाडि बढाएको उनले बताइन् । उनले पढाईसँगै काममा निरन्तर संलग्न भइरहिन् । उनले शिक्षा संकायमा स्नातकोत्तर सम्मको पढाई पूरा गरेकी छिन् ।

शिक्षा संकायमा स्नातकोत्तर सम्मको पढाई पूरा गरेपछि उनले केही वर्ष विद्यालय पढाइन्, तर उनलाई उद्योगी बन्ने चाहना भने रहिरह्यो । उनी नेपाल घरेलु तथा साना उद्योग महासंघमा महिला समितिको उपाध्यक्ष छिन्, उनले हस्तकला उद्योग तथा प्रशिक्षण केन्द्र सञ्चालन गरिरहेकी छिन् । उनले सारथी महिला सिलाई तथा बुनाई प्रशिक्षण केन्द्र र अधिकारी इन्जिनियरिङ्ग कन्सल्टेन्सी दर्ता गरेको चलाइरहेकी छिन् । उनले ३ वटा उद्यममा ३० जना महिला दिदिबहिनालाई रोजगारी प्रदान गर्दै आएकी छिन् ।

महिला भएकै कारण हेपिएँ
महिला भएकै कारण ‘महिला सहुलियत कर्जा’ सम्बन्धी वाणिज्य बैंकमा जाँदा त्यहाका कर्मचारीले हेप्ने, हाम्रो कुनै तह नै नभएको जस्तो व्यवहार गर्ने गरेको उनले बताइन् । सहुलियत पुनः कर्जा सम्बन्धी योजनाले केही हदसम्म उद्यमीमा सहयोग पुर्याइरहेको उनले बताइन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको केन्द्रिय महिला समितिको वरिष्ठ उपाध्यक्ष भएकै कारण विगत दुई वर्ष देखि सहुलियत कर्जा सम्बन्धी काम गर्दै आएको उनले बताइन् ।

आत्मनिर्भर हुँदै महिलाहरु
महिला आफु नै आत्मनिर्भर भै समाजमा आफ्नो हैसियत कायम राख्न सक्ने भएका छन् । हामीले यस कोषमा रहेर घरभित्रको महिलाहरुलाई बाहिर ल्याउने र उनीहरुमा भएको सिप, प्रतिभा र क्षमतालाई प्रस्फुटन गराउनुका साथै उनीहरुलाई दर्ता प्रक्रियामा लैजानेका लागि आत्मनिर्भरको बाटो देखाउने गरिएको छ–उनले भनिन् ।

राष्ट्रपति उत्थान कार्यक्रम महिलालाई अघि बढाउँदै
राष्ट्रपति उत्थान कार्यक्रमले महिलालाई उद्यमका क्षेत्रमा अघि बढाउन सहयोग गर्दै आएको उनले बताइन् । यो कार्यक्रम अहिले १६ वटा जिल्लामा कार्यान्वयन भइसकेको छ । सबै जिल्लाले कार्ययोजना पाएको छैनन्, त्यसैले राष्ट्रपति उत्थान सम्बन्धी योजना पूर्ण रुपमा कार्यान्वयन हुन सकिरहेको छैन्–उनले बताइन् । सरकारले यो योजना कार्यान्वयनका लागि ग्रामिण वस्तीमा जोड दिएर अगाडी बढ्नु पर्ने उनको भनाई छ । उद्यमी महिलालाई बिना परियोजना धितो राखेर २.५ प्रतिशत ब्याजदरमा १ लाखदेखि १५ लाखसम्म पाउने व्यवस्था भएसँगै उद्यमीलाई सहजता भएको उनले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.