नेप्से र कारोबार रकम दुबैमा गिरावट, फाइनान्स र उत्पादनमूलक बाहेक सबै समूह राताम्मे

  २०७५ चैत ४ गते १५:३२     विकासन्युज

काठमाडौं । दुईदिन लगातार उकालो लागेको नेप्से परिसूचक सोमबार ७.४७ अंकले ओरालो लागेको छ । आइतबार बढेर ११६१ अंकमा पुगको परिसूचक सोमबार ०.६४ प्रतिशतले घटेर ११५३.९८ अंकमा झरेको छ ।

बजारमा परिसूचकसँगै सेयर कारोबार रकममा पनि गिरावट देखिएको छ । सोमबारको बजारमा कुल १६९ कम्पनीको ३६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन आइतबारको तुलनामा करिब एक करोड रुपैयाँले कमी हो । आइतबारको बजारमा ३७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

सो दिन सबैभन्दा बढी ग्लोबल आईएमई बैंकको प्रमोटर सेयर किनबेच भएको छ । बैंकको एकैदिन ६ करोड ३९ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर कारोबार भएको छ । सो दिन बैंकको संस्थापक सेयरको मूल्य प्रतिकित्ता १७७ रुपैयाँ रहेको छ ।

बजारमा फाइनान्स र उत्पादनमूलक समूहबाहेक बाँकी समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ७६ अंकले घटेको छ । त्यस्तै, निर्जीवन बीमा ६०, हाइड्रोपावर १४ र माइक्रोफाइनान्स समूह १० अंकले ओरालो लागेका छन् । फाइनान्स र उत्पादनमूलक समूह क्रमशः ४ र ७ अंकले उकालो लागेका हुन् भने बाँकी समूह सामान्य अंकले घटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.