मेलम्चीले बाटो खनेर छोडे पछि स्थानीयले नै शुरु गरे सरसफाई

  २०७५ फागुन ३० गते १२:०९     विकासन्युज

काठमाडौं । मेलम्चीले खानेपानी आयोजनले काठमाडौंको विभिन्न ठाउँमा पानीको पाइप विछ्याउन बाटो खनेर त्यसै छाडे पछि स्थानीय वासिन्दाहरुले सरसफाई थालेका छन् ।

बागबजारवासीहरु बाटो सरसफाईमा जुटेका हुन् । बागवजारमा मेलम्चीले बाटो खनेर छोडेको १ महिना हुँदा पनि कुनै चासो नदेखाए पछि स्थानीयहरुले नै बाटो सफा गर्न शुरु गरेका हुन् ।

सरसफाइमा सहभागी रेशम भुसालले भने–‘मेलम्चीले बाटो खनेर पाइप बिछ्याएको पनि १ महिना भइसक्यो, तर बाटो खने पछि त्यसको पुननिमार्ण गरेन । बाटोमा धुलो उठेर केही नदेखीने भएपछि हामी स्थानीयहरु नै मिलेर बाटो सरसफाइमा लागेका छौँ ।’

सबै कामका लागि सरकारको मुख ताक्नुभन्दा आफुले सक्ने काम आफैँ गरौँ भनेर सरसफाइ शुरु गरेको भुसालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.