नेपाली बजारमा साढे १८ लाखसम्मका मोटरसाइकल, कुन कम्पनीले कतिमा बेच्दैछन् ?

  २०७५ फागुन ३० गते १२:३०     विकासन्युज

काठमाडौं । नेपाली बजारमा मूल्य १ लाख १२ हजारदेखि १८ लाख ५० हजारसम्म मूल्यमा मोटरसाइकलहरु उपलब्ध छन् । नाडा अटोमोबाइल्स एसोशिएसनले सार्वजनिक गरेको पछिल्लो मूल्यसूची अनुसार नेपालमा बिक्री हुने मोटरसाइकलहरुमध्ये जगदम्बा मोटर्सले बिक्री गर्दै आएको टीभीएसको एक्सएल–१०० को सबैभन्दा सस्तो र केटीएम इन्टरनेशनलले बिक्री गर्दै आएको टीएनटी ६०० आई (एबीएस) को मूल्य सबैभन्दा बढी अर्थात् रु १८ लाख १२ हजार ९०० रुपैंया तोकिएको हो ।

नाडाले आफ्ना सदस्य डिलरहरुले उपलब्ध गराएको मूल्यसूचीका आधारमा नेपाली बजारमा बिक्री हुँदै आएका मोटरसाइकलहरुको पछिल्लो मूल्य तोकेको हो । विवरण अनुसार नेपालमा १० कम्पनीका कुल १२४ मोडलका मोटरसाइकलहरु बिक्रीमा राखिएका छन् ।

नेपाल जनरल मार्केटिङले बेच्दै आएको हिरो मोटरसाइकलको मूल्य १ लाख ७६ हजार रुपैंयादेखि ३ लाख २८ हजार रुपैंयासम्म तोकिएको छ । हिरोको १०२ सीसीको प्लिजर न्यूको मूल्य न्यूनतम १ लाख ७६ हजार तोकिएको छ भने २२३ सीसीको करिज्मा जीएमआर डीएसएसको मूल्य ३ लाख २८ हजार तोकिएको हो । १२५ सीसीको सुपर स्प्लेन्डरको मूल्य भने १ लाख ९४ हजार तोकिएको छ । हिरोका १८ ओटा मोडेलका मोटरसाइकलहरु बिक्रीमा छन् ।

हंसराज हुलासचन्द एण्ड कम्पनीले बिक्री गर्दै आएको बजाज मोटरसाइकलको १ लाख ६३ हजार ९०० रुपैंयादेखि ५ लाख ८९ हजार तोकिएको छ । १०० सीसीको प्लाटिना १०० इएसको मूल्य १ लाख ६३ हजार ९०० र डोमिनरको मूल्य ५ लाख ८९ हजार तोकिएको हो । १५० सीसीको पल्सरको मूल्य भने २ लाख ५१ हजार ९०० र १५० सीसीकै पल्सर टीडीको मूल्य भने २ लाख ५९ हजार ९०० तोकिएको छ । त्यस्तै, २२० सीसीको मोटरसाइकलको मूल्य भने ३ लाख ११ हजार ९०० तोकिएको छ । बजाजका १७ ओटा मोडेलका मोटरसाइकलहरु बिक्रीमा छन् ।

एमएडब्लु इन्टरप्राइजेजले आफूले बिक्री गर्दै आएको यामाहा मोटरसाइकलको मूल्य १ लाख ८५ हजार रुपैंयादेखि ९ लाख २४ हजार ९०० रुपैंयासम्म तोकेको छ । यामाहाको ११३ सीसीको आरएवाई–जी को मूल्य १ लाख ८५ हजार ९०० रुपैंया र ३२१ सीसीको आरथ्रीको मूल्य ९ लाख २४ हजार ९०० रुपैंया तोकिएको हो । १२५ सीसीकै एक्सटीजी १२५ को मूल्य समेत ३ लाख ९९ हजार ९०० रुपैंया तोकिएको छ । यामाहाका १९ ओटा मोडेलका मोटरसाइकलहरु बिक्रीमा छन् ।

सबैभन्दा महँगो मोटरसाइकल बिक्री गर्ने कम्पनी भने केटीएम इन्टरनेशनल देखिएको छ । बेनेली कम्पनीहो टीएनटी ६०० आईको मूल्य सर्वाधिक १८ लाख ५० हजार तोकिएको हो । सो सम्पनीले बिक्री गर्ने सबैभन्दा सस्तो मोटरसाइकल भने टीएनटी १३५ छ जसको मूल्य २ लाख ७५ हजार तोकिएको छ । यामाहाका ८ ओटा मोडेलका मोटरसाइकलहरु बिक्रीमा छन् ।

जगदम्बा मोटर्सले बिक्री गर्ने टीभीएस कम्पनीको मूल्य सबैभन्दा कम देखिएको छ । उक्त कम्पनीको एक्सएल–१०० को मूल्य १ लाख १२ हजार ९०० हुँदा सो कम्पनीकै अपाचे आरटीआर २०० को मुल्य ३ लाख २४ हजार ९०० रुपैंया तोकिएको हो । सोही कम्पनीको स्कुटरको मूल्य भने १ लाख ८४ हजार ९०० देखि २ लाख २४ हजार ९०० रुपैंयासम्म तोकिएको छ । टीभीएसका ८ ओटा मोडेलका मोटरसाइकलहरु बिक्रीमा छन् ।

त्यस्तै अग्नी मोनिकले बिक्री गर्ने महिन्द्रा टु ह्विलर्सको सवारीको मूल्य १ लाख ६२ हजार देखि ५ लाख ८० हजारसम्म तोकिएको छ । कम्पनीका ३ मोडलका बाइक र ४ मोडलका स्कुटरहरु बजारमा रहेका छन् । महिन्द्रा टु ह्विलर्सका ३ ओटा मोडेलका मोटरसाइकलहरु र ४ मोडेलका स्कुटर बिक्रीमा छन् ।

दुगड ब्रदर्स एण्ड सन्सले बिक्री गर्दै आएको रोयल इन्फिल्डका मोटरसाइकलको भने न्यूनतम मूल्य सबैभन्दा बढी देखिएको छ । उक्त कम्पनीका बाइकहरु ४ लाख ६७ जारदेखि ८ लाख २१ हजार रुपैंया मूल्यसम्मका छन् । रोयल इन्फिल्डका ६ ओटा मोडेलका मोटरसाइकलहरु  बिक्रीमा छन् ।

रमन जनरलले बिक्री गर्ने रुइनर मोटरसाइकलको मूल्य भने १ लाख ५२ हजारदेखि ३ लाख ८४ हजारसम्म तोकिएका छन् । रुइनरको बाइक आरटीको मूल्य न्यूनतम र डोमिनेटरको मूल्य अधिकतम तोकिएको हो । रुइनरका १४ ओटा मोडेलका मोटरसाइकलहरु  बिक्रीमा छन् ।

सबैभन्दा कम अर्थात् ३ मोडलका मोटरसाइकलहरु बिक्री गर्ने इन्टरनेशनल माेटर्सकाे  हार्टफाेर्ड ब्रान्डका मोटरसाइकलहरु भने ३ लाख ५० हजारदेखि ४ लाख ९९ हजार रुपै‌ंयासम्मका छन् । कम्पनीकाे एचडी १५० भीआरकाे मूल्य न्यूनतम३ लाख ५० हजार ताेकिँदा एचडी २२३ एस लियाेपार्डकाे मूल्य ४ लाख ९९ हजार ताेकिएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.