मुक्तिनाथ विकास बैंकबाट लुम्बिनी जनरल इन्स्योरेन्सका निर्जीवन बीमा सेवा पाइने

  २०७५ फागुन २८ गते ११:३८     विकासन्युज


काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि. र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा मुक्तिनाथ विकास बैंक लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत नोरप्रकाश प्रधानले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता भए पश्चात लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. ले जारी गर्ने विभिन्न निर्जीवन बीमा योजनाहरु मुक्तिनाथ विकास बैंक लि.को देशभर रहेका शाखा कार्यालयहरुबाट उपलब्ध हुनेछ । उक्त सम्झौता कार्यक्रममा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि.का नायव प्रमुख कार्यकारी अधिकृत विके श्रेष्ठ तथा मुक्तिनाथ विकास बैंक लि.का सहायक प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्ग र बैंकासोरेन्स विभाग प्रमुख राजेन्द्र पाण्डेको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.