क्योदाइ रेमिट्यान्सबाट आइएमईले गर्दा ५ लाखकाे दुर्घटना जीवनवीमा

  २०७५ फागुन २६ गते १७:११     विकासन्युज

काठमाडौं । जापानको क्योदाइ रेमिट्यान्स आइएमईले ‘तपाईंको कमाइ अनि परिवारको सुरक्षा सँगसँगै’ भन्ने प्रतिबद्धताका साथ आफ्ना सेवाग्राहीका लागि दुर्घटना जीवनबीमा योजना ल्याएको छ ।

योजना अन्तर्गत सेवाग्राहीले जापानबाट क्योदाइ रेमिट्यान्स मार्फत परिवारका सदस्य पैसा पठाउँदा नेपालमा भुक्तानी पाउने व्यक्तिले भुक्तानी पाएको दिन देखी रु ५ लाखको १ बर्षे दुर्घटना जीवनबीमा हुनेछ ।

क्योदाइ रेमिट्यान्स् आइएमईले आफ्ना सेवाग्राहीले गर्ने प्रत्येक कारोबारमा बोनस  दिने गरेको छ ।

यो दुर्घटना जीवनबीमा योजना ४० वा सो भन्दाबढी बोनस पोइन्ट हुने सेवाग्राहीमा लागु हुनेछ ।

सोही आधार बमोजिम जनवरी महिनामा जापानबाट नेपालमा पठाएको पैसाको भुक्तानी लिने मध्यबाट २ हजार १३७ जनाको प्रतिव्यक्ति रु. ५ लाखको १ बर्षे दुर्घटना जीवनबीमा गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.