सांग्रिला डेभलपमेन्ट बैंकद्धारा उर्जाशिल अपाङग सशक्तिकरणलाई कम्प्युटर सहयोग

  २०७५ फागुन २२ गते १७:१७     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पेप्सीकोलास्थित उर्जाशिल अपाङग सशक्तिकरण केन्दलाई एक थान कम्प्युटर सेट हस्तान्तरण गरेको छ । यस हस्तान्तरण कार्यक्रममा बैंकका तर्फबाट सहायक महाप्रबन्धक रजित मास्केले उर्जाशिल अपाङ सशक्तिकरणका अध्यक्ष कपिल वि.क.लाई एकथान कम्प्युटर हस्तान्तरण गरेका छन् ।

यसबाट देशमा विद्यमान शारिरीक अपाङगता भएका व्यक्तिहरुलाई पनि सूचना प्रविधिको पहुँचमा सहयोग पुग्नेछ । बैंकले ८१ ओटा शाखा कार्यालयहरुबाट आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.