नेबिको प्रालिको नयाँ उत्पादन ब्रन्च बिस्कुट नेपाली बजारमा

  २०७५ फागुन १७ गते १८:३८     विकासन्युज


काठमाडौँ । नेबिको प्रालिले देशका विभिन्न शहरहरुमा आफ्नो नयाँ उत्पादन ब्रन्च बिस्कुट बिक्री शुरु गरेको छ । ब्रन्च बिस्कुटलाई पहिलो चरणमा ठूला शहरमा सार्वजनिक गरी बिक्री गरिने कम्पनीले जनाएको छ । उपभोक्ताको मागलाई ध्यानमा राखी ठूला शहरपछि अन्य शहरहरुमा उपलब्ध गराउने कम्पनीको लक्ष्य रहेको छ । उपभोक्तालाई नयाँ स्वाद दिने क्रममा उच्च गुणस्तरको ब्रन्च बिस्कुट उत्पादन गरेको कम्पनीले बताएको छ ।

उत्कृष्ट र आकर्षक मेटालिक प्याकिङमा उपलब्ध बिस्कुटको तौल ९० ग्राम रहेको छ । बजार मूल्य २० रुपैयाँ तोकिएको छ । नेपाल गुणस्तर चिन्ह प्राप्त गरी विगत ५५ वर्ष अघिदेखि बिस्कुट उत्पादन गर्दै आएको यस कम्पनीले उत्पादन गरेको यो बिस्कुटमा सक्कली बटरको स्वाद राखिएको छ ।

नेबिको प्रालिले कोकोनट, ट्रेकर च्वाइस, थिन आरारोट, सुगर फ्रि डाइजेष्टिभ लगायतका उत्पादनहरु बजारमा ल्याइसकेको छ । नेबिकोको ब्रन्च बिस्कुट बच्चादेखि बृद्ध सबैलाई हुने खालको रहेको कम्पनीले जनाएको छ । कम्पनीको ब्रान्ड म्यानेजर अरुण पौडेलका अनुसार यो बिस्कुटलाई धेरै खोज तथा अनुसन्धान गरेर मात्र बजारमा ल्याईएको हो ।

आकर्षक प्याकेटमा बजारमा आएको यस बिस्कुटले आम उपभोक्ताको मन जित्नेमा आफू विश्वस्त रहेको ब्राण्ड म्यानेजर पौडेलले बताए ।हरेक वर्ष ६ नयाँ उत्पादन बजारमा ल्याउने गरेको नेबिको प्रालिले ब्रन्च बिस्कुटलाई अन्तर्राष्ट्रिय स्तरको भएको बताएको छ ।

मधुमेह भएका तथा नभएका दुवै उपभोक्ताले उपभोग गर्न मिल्ने र यसमा शारीरिक स्वास्थ्य सन्तुलनमा राख्न चाहिने पौष्टिक पदार्थ राखिएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.