भारतका दुई युद्धक विमान खसालेको पाकिस्तानको दाबी

  २०७५ फागुन १५ गते १४:०६     विकासन्युज


इस्लामाबाद । पाकिस्तानाको वायुसेनाले भारतका दुई ओटा लडाकू विमान खसालेको पाकिस्तानी सेनाले दाबी गरेको छ । तीमध्ये एउटा विमान पाकिस्तानको हवाइ क्षेत्रमा खसालिएको र विमान चालकलाई पक्राउ गरिएको पाकिस्तानी सेनाले जनाएको छ । साथै विमानलाई पनि ध्वस्त गरेको पाकिस्तानी सैनिकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले एक भारतीय युद्धक विमान पाकिस्तानभित्र नै खसेको बताए । उनले अर्को भारतीय युद्धक विमान भारत नियन्त्रित काश्मिरमा खसेको बताए । यद्यपी भारतीय सञ्चार माध्यमले भने पाकिस्तानले भारतीय दुई युद्धक विमान खसालेको समाचार झूठो भएको दाबी गरेका छन् ।

पाकिस्तानले पुरानो तस्वीर टेलिभिजनमा देखाएर पाकिस्तानी जनतालाई शान्त गराएको र भारतलाई तर्र्साएको भारतको भनाइ छ । रासस/सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.